अर्जुन माङ्गफाङ्ग राई/ दक्षिण कोरिया

देश विदेशमा अपार सफलताका साथ प्रदर्शनरत चलचित्र ‘जारी’ ले दक्षिण कोरियामा पनि दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो। पहिलो सातामा नै रु सात करोड भन्दा उकालो  व्यापार गरेको यो चलचित्रको दुई वटा शो  यही अप्रिल ३० तारीख दक्षिण कोरियाको ओन्याङ्ग ओन्छ्न भन्ने शहरमा  भएको छ।

कोरियाका दर्शकले के भने? हेर्नोस माथिको भिडियो

धनकुटा सेवा समाज कोरियाको आयोजना र नमस्ते हिमालय ओन्याङ्ग रेस्टुरेन्टको प्रायोजनमा भएको यो चलचित्र प्रदर्शनी नेपालीको बाहुल्यता रहेकोे कोरियाको अन्य शहरहरुमा पनि गर्दै जाने आयोजकले बताएका छ्न।

चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको छ। ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन्। लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको यस  चलचित्रमा पालाम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने उतारचढावलाई प्रस्तुत गरिएको छ।

लिम्बू समुदायको कला,संस्कृति , नेपाली भेषभुषा, अर्गानिक बोलचाली देख्दा चलचित्रले परदेशमा भए पनि आफ्नै गाउँ घर ,पाखा पखेरामा पुर्याएको अनुभुती कोरियाका नेपाली दर्शकले गरेका छ्न।

चलचित्रमा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ। कार्यकारी निर्माता मणिराम पोखरेल रहेकाे चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो।

तपाईको प्रतिक्रिया