ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम
काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि भोलि सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । आज बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहानसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । एमाले सचेतक भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २...

बंगलादेशमा फेला परयो ६ वटा खतरनाक भारतीय भेरिएन्ट B.1.617 कोभिड भाइरस केस पहिलो चोटि

बंगलादेशमा फेला परयो ६ वटा खतरनाक भारतीय भेरिएन्ट B.1.617 कोभिड भाइरस केस पहिलो चोटि
ढाका । बंगलादेशले  भारतमा पहिचान भएको अत्यधिक संक्रामक भनिएको  कोरोनाभाइरसको प्रजाती द्वारा संक्रमित ६ वटा केस  पत्ता लगाएको छ। राजधानी ढाकाको अस्पतालमा दुई व्यक्तिको केस जाच पड्ताल गर्दा   B.1.617 नामक खतरनाक नश्ल उनीहरुमा भेटिएको कुरा  स्वास्थ निर्देशक नसिमा सुल्तानाले मे ८ तारीख  शनिबार  प्रेस ब्रीफिङमा भनिन। बाँकी ४ जना राजधानी बाहिरका केस रहेकाछ्न। ...

संवैधानिक परिषद्को बैठकमा नजान दाहालको आग्रह

संवैधानिक परिषद्को बैठकमा नजान दाहालको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि आइतबारका लागि बोलाएको परिषद्को बैठक स्थगित गर्न पनि दाहालले सुझाव दिएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दाहालले भनेका छन्, संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने ...

ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोगः देउवा

ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोगः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई आपत्तिजनको संज्ञा दिएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक असंवैधानिक कदमलाई राष्ट्रपतिले समर्थन गर्नु आपत्तिजनक रहेको देउवाको तर्क छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्...

महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण

महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड –१९ महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले देशका विभिन्न स्थानमा गरेको अनुगमनपछि आज शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा देशभरका अस्पतालमा कोभिड संक्रमित भरिभराउ भएको र अक्सिजनको चरम अभाव देखिएको उल्लेख छ। हेर्नुहोस् आयोगको विज्ञप्ति प्रेस नोट २४ वैशाख, २०७८ नागरिकको स्वास्थ्य उपचार ए...

राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता
काठमाडौं । आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादल र एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहित आजै बिहान हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा सामाजिक विकासमन्त्र...

सबै देशका उडान बन्द, भारतसँग मात्रै किन खुल्ला ?

सबै देशका उडान बन्द, भारतसँग मात्रै किन खुल्ला ?
नेपाल सरकारले अन्य सबै देशबाट हुने हवाई उडानलाई प्रतिबन्ध लगाउँदै भारतसँग मात्रै सातामा दुईवटा उडान सुचारु राख्ने निर्णय गरेको छ । अहिले भारतमै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा अन्य देशको उडान बन्द गरेर भारतसँग चाहिँ सातामा दुई दिन उडान चालु राखिएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी अन्य देशको हवाई उडान बन्द गरेर भारतसँग मात्रै खोल्नुको कारण ‘एअर बबल सम्झ...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन, बानेश्वरमा बस्ने कांग्रेसले जनाएको छ । बैठकमा २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको बैठकलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस ...