काठमाडौं ।  कोभिड–१९को दोस्रो लहरबाट आम नागरिकहरु आक्रान्त भइरहेका अवस्थामा मानव जीवनको रक्षा गर्न १२२ अधिकारकर्मीहरुले सामूहिक रुपमा अपील गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा रहेको मानव अधिकारकर्मी, महिला, अपाङ्ग, दलित अधिकारकर्मी तथा समाजिक अभियन्ताहरुले नेपाली जनता तथा नेपालमा रहेका अन्य मुलुकका नागरिकहरुको पनि जीवन रक्षाका लागि सरकारसँग सामूहिक अपील गरेको हुन् ।

कोरानाका विरामीका लागि अस्पतालहरुमा बेड नभएको, विरामीको लागि अक्सिजन नभएको जस्ता बहना बनाएर काठमाडौंका निजी अस्पतालहरुले कोरोनाका विरामीलाई उपचार गर्नबाट पछि हटेको भन्दै उनीहरुले विज्ञप्ति मार्फत दुःख व्यक्त गरेका छन् ।

‘सरकारको मुख्य दायित्व नागरिकलाई आधारभूत स्वास्थ्य उपचारको व्यवस्था गर्नु हो । तर, देशमा हरेक दिन नागरिकले स्वास्थ्य उपचारका साथै अक्सिजनको अभावका कारण ज्यान गुमाउन बाध्य छन् । साथै, यो गम्भिर सङ्कटको अवस्थामा अत्यावश्यक स्वास्थ्य–सामग्रीको आयातमा कमिशनका खेलहरू भइरहेको समाचार बाहिर आइरहेका छन् । यस्तो चरम स्वास्थ्य संकट र महामारीको समयमा भइरहेका यस्ता गतिविधि गम्भीर प्रकृत्तिको मानवताविरोधी अपराध हो’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले विज्ञप्ति मार्फत यस्तो गम्भीर स्वास्थ्य सङ्कटको चुनौतीपूर्ण अवस्थामा सरकार नागरिकको जीवन सुरक्षाका लागि उत्तरदायी र जवाफदेही हुनु नेपाल सरकारको पहिलो प्राथमिकता भएको स्मरण गराउदै नेपाल सरकार लगायत संवैधानिक निकायहरूको जवाफदेहिताको माग गरेका छन् ।

सामुहिक अपील मार्फत उनीहरुले सरकारसँग निम्न ११ बुँदे माग पत्र समेत प्रस्तुत गरेका छनः

१. कोभिड–१९ बाट संक्रमित व्यक्तिहरुले सहजै आधारभूत स्वास्थ्य उपचार पाउने व्यवस्थाको ग्यारेन्टी गर ।

२. बिरामीको उपचारका लागि अत्यावश्यक अक्सिजन अभावका कारण कसैको ज्यान नजाने अवस्था निर्माण गर ।

३. अक्सिजनको उत्पादन, वितरण र व्यवस्थापनको निमित्त तत्काल आवश्यक कदम चाल ।

४. स्वास्थ्य मन्त्रालयको सिफारिसमा बिना कुनै पनि सरकारी तथा निजी अस्पताललाई अक्सिजन सिलिण्डर बिक्री वितरण नगर्न ग्यास उत्पादकलाई अनुरोध गरी लेखेको पत्रले पहुँचबिहीनले अक्सिजन नपाउने स्थिति उत्पन्न हुने भएकोले नियमनका अन्य प्रभावकारी माध्यम अपनाएर त्यस्ता अनुत्तरदायी पत्रहरू तत्काल फिर्ता गरी अक्सिजनको उपलब्धता र आवश्यकताको उचित आँकलन गरी त्यही अनुसारको व्यवस्था मिलाउन आवश्यक सबै पहलहरू तत्काल गर ।

५. अक्सिजनको अभावलाई सम्बोधन गर्न नेपाल सरकारले ठोस रूपमा के कार्य गरिरहेको छ ? यसलाई सम्बोधन गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले के कस्तो कार्य योजना र स्रोतको व्यवस्थापन गरेको छ, तत्काल सार्वजनिक गर ।

६. महामारीमा हजारौं मान्छेले अक्सिजन र अस्पतालमा सैय्या नपाएर ज्यान गुमाइरहेको तथा त्यस्तो सङ्कटको घडीमा स्वास्थ्य–सामग्री खरिदमा भ्रष्टाचार र कमिशनजस्ता चरम मानवीयता विरोधी कार्यहरूविरुद्ध तत्काल कारबाही गर ।

७. महामारीको बेलामा मधुमेह, रक्तचाप, क्यान्सर, एचआईभी, विविध पहिचान भएका व्यक्तिहरूको हार्मोन सेवन लगायतका सेवाहरूलाई निर्वाध उपलब्ध गराउन आवश्यक स्वास्थ्य मापदण्ड सहित उचित उपचारको व्यवस्था तत्काल गर ।

८. आफ्ना नागरिकको जीवन रक्षाको लागि अन्य सबै काम र गतिविधिलाई बन्द गरेर कोभिड–१९ विरुद्ध लड्न सम्पूणर् शक्ति, सामथ्र्य र स्रोत लगाऊ ।

९. नेपालमा चरम अभाव भएको तथा विदेशबाट यथाशीघ्र ल्याउन सकिने अक्सिजन, अक्सिजन सिलिण्डर लगायत अन्य मेडिकल सामग्री तत्कालै आयात गर्न वा आयात गर्न प्रक्रिया शुरु गरिहाल्न आवश्यक पर्ने व्यवस्था मिलाउन वर्तमान नीतिगत व्यवस्थालाई खुकुलो बनाऊ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मजदुर, श्रमिक र सिमान्तीकृत समुदाय सबैभन्दा धेरै आक्रान्त छन् । उनीहरुको दैनिक जीविकोपार्जनलाई सहज बनाउने विशेष राहत प्याकेज तुरुन्त लागू गर ।

१०. कोभिड महामारी विरूद्वको खोपलाई सर्वसाधारण नागरिकको पहुँचमा पुर्याउन दुर्गम तथा ग्रामिण भेगसम्म खोप सेवा विस्तार गर र सोको लागि तत्काल कार्ययोजना बनाई सार्वजनिक गर ।

११. छिमेकी मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न तत्काल प्रभावकारी कुटनीतिक कदम चाल ।
अपीलकर्ताहरु:

१. गरिमा चौलागाई, अपाड. अधिकारककर्मी, काठमाडौं
२. डा. रेणु अधिकारी, महिला अधिकारकमीर्, काठमाडौं
३.इन्दु तुलाधर, अधिवक्ता मानव अधिकारकर्मी, काठमाडा
४. नीतु पोखरेल, मानव अधिकारकमी
५. डा. यमुना घले, सामाजिक अभिन्यता
६. रिता थापा, महिला अधिकारकर्मी, इन्टर जेनेरेशन फेमिष्टि फोरम, काठमाडौं
७. अमिना सिंह, महिला अधिकाकर्मी
८. रिता साह, अधिकारकर्मी तथा लेखक, काठमाडौ
९. प्रशंसा राउत, महिला अधिकारकर्मी, काठमाडौं
१०. सन्जु साह, मानव अधिकारकर्मी, मोरड.
११. डा. विरेन्द्रराज पोखरेल, अपाडता अधिकारकर्मी
१२. दया सागर श्रेष्ठ, अधिकारकर्मी तथा सामाजिक अभिन्यता, काभ्रे
१३. पबन रोय, अध्यक्ष, सामाजिक परिबर्तन केन्द्र, काठमाडौं
१४. सरिता के.सी., कार्यकारी निर्देशक, मितिनी नेपाल, काठमाडौं
१५. रबी ठाकुर, अध्यक्ष, माहुरी होम, कपिलबस्तु
१६. पुजा पन्त, सनगत नेपाल, काठमाडौं
१७. उमेश विश्वकर्मा,अध्यक्ष, रेडिफ, मोरड.
१८. शरु जोशी, फाउन्डर, इन्टर जेनेरेशन फेमिष्टि फोरम, काठमाडौं
१९. कपिल सुनार, अध्यक्ष, समाज बिकास केन्द्र मोरङ्ग
२०. राधा पासवान, अध्यक्ष, महिला सरोकार केन्द्र मोरङ्ग
२१. बाल कृष्ण ओझा, अध्यक्ष, जनउद्धार संघ, पाँचथर
२२. नन्द नेम्वाङ्ग, अध्यक्ष, आदिबासि बिकास केन्द्र, पाँचथर
२३. सुमन परियार, अध्यक्ष, जाल्पा एकिकृत बिकास समाज, उदयपुर
२४. चन्द्र मणि गुँरागाँइर्,, अध्यक्ष, बिकास सहजीकरण केन्द्र, उदयपुर
२५. कुमार बिसुन्क,े कार्यकारी निर्देशक, दलित सचेतना समाज, तेह्रथुम
२६. राज कुमार परियार, दलित अधिकारकर्मी, मोरङ्ग
२७. प्रकाश परियार,दलित अधिकारकर्मी शान्तीको लागी साझा अभियान, (कोक्याप), मोरङ्ग
२८. राम कुमार परियार, महासचिव, परियार समाज बिराटनगर
२९. रन्जीता परियार, दलित अधिकारकर्मी, मोरङ्ग
३०. सम्झना मोते, दलित अधिकारकर्मी मोरङ्ग
३१. खुशीला शिंह, महिला अधिकारकर्मी, बर्दिया
३२. टिका सामसेली, अधिकारकर्मी, बर्दिया
३३. खिमा बि.क., अधिकारकर्मी, बर्दिया
३४. संगिता थापा, सामाजिक अभिन्यता, बर्दिया
३५. विष्णु नेपाली, सामाजिक पारालिगल
३६. गीता नेपाली, सामाजिक अभिन्यता, बर्दिया
३७. मीथिला फूयाल, पारालिगल, बर्दिया
३८. सपना शर्मा, पारालिगल, बर्दिया
३९. सपना चौधरी, अधिकारकर्मी, यौनिक अल्पसंख्यक, बर्दिया
४०. दुर्गा रावल, पारालिगल, बर्दिया
४१. अधिवक्ता रोशनी पौड्याल, काठमाडौं
४२. टिका दाहाल, अपाड. अध्यक्ष, नेपाल अपाड. महिला महासँघ, काठमाडौं
४३. सुमिरा श्रेष्ठ, आइ.जी, एफ, एफ
४४. सलोनी सिंह, आइ.जी, एफ, एफ, काठमाडौं
४५. बन्दना शर्मा, आइ.जी, एफ, एफ, काठमाडौं
४६. गौरा नेपाली, आइ.जी, एफ, एफ, काठमाडौं
४७. अनुजा श्रेष्ठ, टेवा, काठमाडौं
४८. उर्मिला श्रेष्ठ, टेवा, काठमाडौं
४९. शुशिला तामाड., ल्ब्ध्ज्च्म्
५०. कल्पना ढकाल, सामाजिक अभिन्यता
५१. इन्दिरा गुरुड., सामाजिक अभिन्यता
५२. उमा शाह, साथी
५३. मन्जु गुरुड., पौरखी नेपाल
५४. बिशेथा श्रेष्ठ, उज्याले फाउन्डेसन
५५. जया लुइटेल, स्टोरी किचन
५६. ज्ञानबोध अनुुसन्धान तथा विकार सेवा, काठमाडौं
५७. तुलसा लता अमात्य, सामाजिक अभियन्ता
५८. बिजया श्रेष्ठ, महिला मानव अधिकारकर्मी
५९. लिला भुजेल, अधिकारकर्मी, सुनसरी
६०. डा. मिता एस. प्रधान, सामाजिक अभिन्यता
६१. कैलाश राई, अनुसन्धानकर्ता
६२. सरिता कार्की, सामाजिक अभिन्यता
६३. मीनु श्रेष्ठ, सामाजिक अभिन्यता
६४. अगमा मालाकार, सामाजिक अभिन्यता
६५. संन्जिता तिम्लसीना, महिला मानव अधिकार रक्षक
६६. सुविन मुल्मी, अधिकारकर्मी
६७. डा. अरुण उप्रेती, सामाजिक अभिन्यता
६८. बिमला तुमखेवा, अधिकारकर्मी
६९. सहनशिला शर्मा, सामाजिक अभिन्यता
७०. कुशुम विष्ट, अधिकारकर्मी
७१. शुशिला श्रेष्ठ, अधिकारकर्मी
७२. पलिता थापा मिश्र, सामाजिक अभिन्यता
७४. मिना पौडेल, लेखक तथा अनुसन्धानकर्ता
७५. अरूना थापा, सामाजिक अभिन्यता
७६. सम्झना पौडेल, अधिकारकर्मी
७७. इन्दिरा घले, सामाजिक अभिन्यता
७८. जे.बी विश्वकर्मा, लेखक तथा अनुसन्धानकर्ता
७९. विनु राना, ओरेक, कैलाली
८०. उन्नती चौधरी, पत्रकार, कैलाली
८१. चित्रा पनेरु, अधिकारकर्मी, कैलाली
८२. निर्मला बाग्चन्द, महिला अधिकारकर्मी, कैलाली
८३. सपना भण्डारी, महिला पैरबी मंञ्च, कैलाली
८४. उमिद बाग्चन्द, पत्रकार, कैलाली
८५. रामरतन हरिजन, अपाङ्गता अधिकार
८६. शिव ज्ञवाली, अपाङ्गता अधिकारकर्मी, रुपन्देही
८८. राजेन्द्र रावत क्षेत्री, अपाङ्गता अधिकार प्युठान
८९. शिशिर डाँगी, अपाङ्गता अधिकारकर्मी, रोल्पा
९०. भिम बहादुर डाँगी, अपाङ्गता अधिकारकर्मी, रुकुम
९१. जीवन गिरी, मानव अधिकारकमीर्, दाङ
९२. अजय कुमार शर्मो, अपाङ्गता अधिकारकर्मी, दाङ
९३. बाबुछाडु, अपाङ्गता अधिकार, बर्दिया
९४. देविदत्त आचार्य, अपाङ्गता अधिकारकर्मी, बाँके
९५. राधा भट्टराई, महिला अधिकार कमीर्, रुपन्देही
९६. उमा चौधरी महिला अधिकार कर्मी, नवलपरासी
९७. रक्षा के सी, अपाङ्गता अधिकारकर्मी, अर्घाखाँची
९८. नन्द किसोर यादव, सामाजिक अभियान्ता, कपिलबस्ःतु
९९. लक्ष्मी वि क. अपाङ्गता अधिकार , गल्मी
१००. सुन्दरी गौतम, अपाङ्गता अधिकारकर्र्मी, पाल्पा
१०१. श्याम कुमारी साह, मानवअधिकारमाी, सिरहा
१०२. देवकुमारी महरा, महिलाअधिकारकर्मी, सिरहा
१०३. अनिता देवकोटा, महिलाअधिकारकर्मी, सप्तरी
१०४. डोमन साह, अध्यक्ष, वारइशोसियसन सप्तरी
१०५. ललिता साह, पत्रकार, सप्तरी
१०६. रामप्रमेश मण्डल, मानवअधिकारकर्मी, धनुषा
१०७. रेखा झा, महिलाअधिकारकर्मी, महोत्तरी
१०८. रम्भा झा, महिलाअधिकारकमी, सर्लाही
१०९. कन्चन भट्टराई, महिलाअधिकारकर्मी, रौतहट
११०. निभा सिंह, महिलाअधिकारकर्मी, वारा
१११. शिवनाथ यादव, पत्रकार, पर्सा
११२. प्रेम सापकोटा, अभिन्यता, काठमाडौं
११३. बसन्त गिरी, अध्यक्ष, पत्रकार महासंघ लुम्बिनी
११४. अधिवक्ता शिव प्रसाद, गौडेल संयोजक एडभोकेसी फोरम रुपन्देही
११५. अधिवक्ता हुम बहादुर कुवर, अध्यक्ष, नेपाल बार एसोसिएसन कपिलवस्त
११६. रिमा बि.सि., गैसस महासंघ, रुपन्देही
११७. बृजराज कुशहवा, संयोजक, जवाफदेहिता निगरानी समिति नवलपरासी
११८. बसन्त बंजाडे, पत्रकार, कपिलबस्तु
११९. सुजित कुमार साक्सेना, अधिकारकर्मी, धनुषा
१२०. अजित आर्चाय, अधिकारकर्मी, तनहूँ
१२१. सोम निरौला, मानव अधिकारकर्मी, खोटाड.
१२२. इन्दु, पन्त घिमिरे, अधिकारकर्मी, इन्टर जेनेरेशन फेमिष्टि फोरम, काठमाडौं

तपाईको प्रतिक्रिया