साताको तीन कविता – कवि उत्तम तुम्सा लिम्बू
पछिल्लो समयमा कविता वाचनशैली र कवितामा फरक बिम्बका साथ कविता लेखिरहेका धनकुटामा जन्मिएका कवि उत्तम तुम्सा लिम्बु पाठकहरुमाझ लोकप्रिय छन् ।
करिब डेढ दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय दर्जनौँ राष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका लिम्बुको २०७३ सालमा 'क्यालिग्राफी' नामक कविता संग्रह प्रकाशित भएको छ । विभिन्न सञ्चार माध्यमहरुमा उनका कविताहरु प्रकाशन हुँदै आएका लिम्बू अहिलेका हटकेक कवि...









