हङकङ आगलागी: हरियो जाली र झ्याल सील गर्ने स्टाइरोफोम बोर्ड आगो फैल्याउने मुल तत्व
हङकङ । मुख्य सचिव एरिक चानले डिसेम्बर १ तारीख सोमबारको प्रेस मिटमा आगलागी भएको वाङ फुक कोर्टबाट लिइएका सात वटा जालीका नमूनाहरूको परिक्षण गर्दा ती जालीहरु ज्वाला-प्रतिरोधी नभएको पुष्टि भएको बताए । र ठेकेदारहरूले निरीक्षकहरूको आँखा छ्ल्न जानाजानी यस्तो कमसल सामग्रीको प्रयोग लुकाएर गरेको विश्वास गरिएको छ ।
घातक आगलागीको अनुसन्धान गर्न गठित कार्यदलका अध्यक्ष चानले अनुसन्धानकर्ताहरूले विगत क...









