कोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यास
रोशनी राई, उदयपुर
बिश्वव्यापी फैलिएको कोरोना महामारीका क्रममा विभिन्न आदिवासी जनजातिहरुले परम्परागत ज्ञानमा आधारित उपचार पद्यतिको अभ्यास गरेका छन।
‘स्वास्थ्य उपचारमा सवै आदिवासीको आफनो आफनो परम्परागत ज्ञानमा आधारित उपचार पद्धति हुन्छ । किरात राईहरुले पनि यसको अभ्यास गरेका छन।’ किरात राई संस्कृतिका अध्येता डा भक्त राईले भन्नु भयो –‘आधुनिक चिकित्सा विज्ञानको प्रारम्भ हुन भन्दा अगाडि नै प्रयोगमा आए...