आदिवासी अपाङ्गता भएका नागरिकप्रति सरकार असंवेदनशील कहिलेसम्म ?

आदिवासी अपाङ्गता भएका नागरिकप्रति सरकार असंवेदनशील कहिलेसम्म ?
विमला तुम्खेवा रामकृष्ण र मिश्रीमाया श्रेष्ठले २०५९ साल फागुन ३ गते थापाथली स्थित प्रसूती गृहमा सामान्य अवस्थाको साढे तीन केजीको छोरी जन्माए । छोरी जन्मदाको खुशी लामो समयसम्म टिकेन । आमा र छोरी दुवैको अवस्था सामान्य भएपछि अस्पतालले भोलिपल्ट नै डिस्चार्ज गरिदियो । घर पुगेको चार दिनमा नेवारी सँस्कार र प्रचलन अनुसार छोरीलाई नुहाई सकेपछि तेल लाग्दा बच्ची निकै चिच्याउन थालिन । रुने क्रममा अचानक मुखभित्...

स्वर्गीय किसन राइको अधुरो चित्र

स्वर्गीय किसन राइको अधुरो चित्र
दिपेन्द्र राइ " संसारमा मानिसले छोडने अमिट छाप भनेको उसले गरेको काम नै हो। " एकान्तलाई चिर्दै फोनको घन्टी बज्छ।उठाउछु।  ' कता हो ?'`नमस्ते किसन दाई´`नमस्ते !´`किन र दाई ?´"लु एउटा चित्र कोर्नु परयो।" आज उनको संझनामा केहि लेख्न बस्दा  यो वार्तालाप मानसमा अनायास  आइरहेछ । केहि समय अगाडि जीवन मै पहिलो चोटि  एउटा ठुलो पारिवारिक चित्र (Family Portrait) सुरु गर्दै थिएँ l त्...

बिभाजन पश्चात मगर संघ हङकङको भविष्य

बिभाजन पश्चात मगर संघ हङकङको भविष्य
तुलसीराज राना मगर मगर संघ हङकङ स्थापना १९९७ मा भएको थियो । स्थापना भए पश्चात संस्थामा रहेर विभिन्न व्यक्तित्वले पुरयाउनु भएको योगदानले गर्दा हङकङमा रहेका मगरहरु भाषिक, धार्मिक , सामाजिक, आर्थिक, साँस्कृतिक लगायत विबिध रणनैतिक पक्षमा एकिकृत र गोलबन्द हुदै अगाडि  बढी रहेका थिए र छ्न। हङकङको नियम कानुनको परिधिभित्र रहेर सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएको बिभिन्न संघसंस्था मध्ये  मगर...

क्वीक डिसिजनले जोगायो ज्यान

क्वीक डिसिजनले जोगायो ज्यान
कल्पना दाहाल चालिसे जोर दियो बालेर आमा ढोकामा बस्नुभएको थियो, सँगै थियो टिका र जमराको थाली । टाढा जानुपर्ने, सबेरै निस्क, भरे रात पर्न सक्छ भन्दै पालैपालो टिका जमरा लगाइदिनुभयो । हुन पनि घरका दुवै छोरा बुहारी र नातीनातीना निस्कन लागेका थियौँ । दशैको टिकाको भोलिपल्ट एकादशीका दिन आफ्नो जन्मघर (माइती) जान मनैदेखि हर्षित थियौँ । अघिल्लो साल पनि कोरोनाको त्रासले जान सकिएन, यसपालि त सबै चाँजोपाँ...

“लाई-सी” खोलिने शुभ पलको व्यग्र प्रतीक्षामा

“लाई-सी” खोलिने शुभ पलको व्यग्र प्रतीक्षामा
जुनु दिव्य राना सन २०१८ मा हङकङमा ‘टाँकीका फूलहरू’ नामक कथाकृति समस्त नेपाली साहित्यका पारखीहरूका लागि नितान्त प्रिय खुराक बनेर आएको थियो । हङकङ प्रवेश, हङकङेली परिवेश, घटना र परिघटनालाई बडो  सरल र शिष्ट भाषाशैलीमा ‘टाँकीका फूलहरू’मा  पस्किने स्रष्टा हुनुहुन्छ– श्री दाजु गुरुङ । मैले पनि हङकङेली परिवेशमा लेखिएका स्वादिष्ट कथाहरूको सङग्रह ‘टाँकीका फूलहरू’ पढने अवसर पाएकी थिएँ ...

हङकङबासी नेपालीको औकात भीरको चिण्डो उँधो न उँभो ?

हङकङबासी नेपालीको औकात भीरको चिण्डो उँधो न उँभो ?
क्रान्ति सुब्बा यस किसिमको अकर्मण्यताले बिदेशी नेपालीको लागि नेपाल सरकार मरयो भन्ने  सन्देश नजावस । त्यो पैमानाको असंबेदनशिलताको दुर्गामी असर निकै गंभिर हुन सक्दछ। बिदेशी नेपालीको स्वाभिमानमा चोट लाग्दा के नेपाललाई दुख्दैन र ? कि बिदेशी नेपालीले अब भिरको चिन्डो उँधो न उँभो भएर बाँच्नु पर्ने  हो ? हङकङ सरकारले अहिले  भ्याक्सिन रेकर्डलाई मान्यता दिनेबारे विभिन्न देशहरूसंग छ्लफल चलाइरहेक...

महामारीको महाप्रस्थान कहिले होला?

महामारीको महाप्रस्थान कहिले होला?
क्रान्ति सुब्बा मानिसको साझा शत्रु कोरोना भाइरसको विरुद्धमा मानिसले खोपको आविष्कार मात्र के गरेका थिए अघोरी शैलीमा कोरोनाले पनि  डेल्टा भेरिएन्ट जस्तो जब्बर अस्त्रलाई बारुदखानाबाट निकाल्यो। कोरोना मुक्त संसारको नोस्टाल्जिया बाँच्न बाध्य मानिस आज  कोरोना मुक्त संसारको युटोपियामा रमाउनु परेकोछ। अक्सर दिनचर्या मानिसको कोरोनाबिहिन दिवा सपना देखेर बित्छ। सुते पछि आँखा खोलियो भने एकदिन बढ...

आरक्षणबारे सर्वाेच्चकाे फैसलाले उब्जाएका संशयहरू

आरक्षणबारे सर्वाेच्चकाे फैसलाले उब्जाएका संशयहरू
नेपालको सन्दर्भमा समावेशिता तथा आरक्षण वर्गीय वा जातीय भन्ने सवाल यतिबेला पेचिलो बनेकाे छ । यसले सामाजिक बहसको आकार लिएको छ । खासगरी विनयकुमार पंजियार वादी भई नेपाल सरकारका चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतलाई विपक्षी बनाएर उत्प्रेषणसमेत भएको मुद्दामा २०७७ पुस १ गते सर्वोच्च अदालतले गरेको फैसला र २०७८ साउन १८ गते आएको उक्त फैसला...

नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?

नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?
क्रान्ति सुब्बा हङकङ सरकारले हालै ट्राभल बबल नीति अन्तर्गत आफुले अपनाएको पुर्ववत यात्रा प्रतिबन्धलाई केही हद सम्म खुकुलो पारेकोछ। अगस्ट ९ तारीखपुर्व अति उच्च जोखिमपूर्ण स्थानको कोटिमा पर्ने दस देशबाट  कसैलाई पनि हङकङ प्रवेश गर्न दिइएको थिएन । तर अति उच्च जोखिमयुक्त स्थानलाई अहिले उच्च जोखिमयुक्त ( ग्रुप ए) कोटिमा ल्याइएको छ। र उच्च जोखिम युक्त देशबाट हङकङ रेसिडेन्टहरु निश्चित शर्त पूरा ग...

राष्ट्रिय सुरक्षा कानुन र बदलिँदो हङकङ

राष्ट्रिय सुरक्षा कानुन र बदलिँदो हङकङ
-क्रान्ति सुब्बा "यदि हङकङ पुलिस स्टेट बन्छ भने त्यसमा कुनै समस्या छैन।"  - एलिस माक , प्रो बेजिङ लमेकर एक वर्ष अघि लागू भएको हङकङ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पहिलो चोटि लियोन तोङ यिङ-कित नाम गरेका एक जना पुर्व रेस्टुरेन्ट वेटरलाई हङकङको सर्वोच्च अदालतले दोषी ठहर्‍यायो जुलाई २७ तारीख मंगलबार । आतंककारी र विखण्डनकारी गतिविधि गरेको आरोप ऊनी माथि लागेको थियो । नारामाथि बहससदा झै ...