साताको तीन कविता – कवि सुमन घिमिरे ‘अग्रिम’
कवि सुमन घिमिरे 'अग्रिम' नेपाल कविता लेखनमा एक शसक्त कवि हुनुहुन्छ । कथ्य र शिल्पको अर्थपूर्ण योगहरु उहाँको कवितामा पाईन्छ । समनताको आग्रह र वेथितिप्रतिको प्रहार उहाँको कविताको स्वरुप हो । प्रस्तुत छ साताको तीन कविता ।
फुल र शासक
घरीघरी झस्काउँछ
आफ्नै छायाले पनि
कतै मेरो छाया पनि कठोर शासक बन्ने त होइन !
फुल र शासक त टुप्पामा हुन्छन् नि
बोट र सत्ताको
फूूूलले सुवास दिन्छ
...









