साताको तीन कविता – कवि समा श्री
नेपाली कविता लेखनमा कवि समा श्री आफ्नो पुस्तामाझ शसक्त लेखनीको निम्ति स्थापित नाम हो । उहाँको कविताले मान्छेको पाखण्डीपनलाई निक्कै स्पष्ट रुपमा उजागर गर्नुको साथै मानिसको मनोवेगहरुलाई साह्रै मिहिन र शालीनरुपमा प्रस्तुत गरेको हुन्छ । हालसम्म वंशलोचन, अल्पविराम गरि दुई कविताकृति प्रकाशित छ जसले उहाँलाई नेपाली कविता लेखनमा एक अलग्गै उचाइ प्रदान गरेको छ। प्रस्तुत छ साताको तीन कविता ।
साधना
वलिष्...









