एमालेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन
काठमाडौं । नेकपा (एमाले)ले भदौं २७ र २८ गते गर्न लागेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन गरेको छ । आज आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले विभिन्न नेताहरुको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको स...









