काठमाडौं । आउँदो भदौ १६ देखि १९ सम्म आयोजना हुने नेपाली कांग्रेस महाधिवेशनका लागि त्यस्तै परे ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ ।

विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया