काठमाडौं । देश विकासको मूल नारा बोकेर जनताबाट निर्वाचित जनप्रतिनिधि नै अपराध कार्यमा सहभागी भएपछि आम नागरिकमा कस्तो प्रभाव पर्ला ? हो पर्सामा आफैले भोट दिएर जिताएका जनप्रतिनिधि अबैध कार्यमा संलग्न भएको सार्वजनिक भएपछि जनतामा निरासा छाएको छ ।

पर्साको पकहाँ मैनपुर गाउँपालिकाका- १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित पकहाँ मैनपुर गाउँपालिका-१ का वडाध्यक्ष अमिरिका सहनी पक्राउ गरेको हो।

वडाध्यक्ष सहनी चढेको ना. १ ब. ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका- १९ मा आइतबार राति चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया