राप्ती नगरपालिका १३ की सीतामाया चेपाङ समुदायकै समाजशास्त बिषयमा स्नानात्तोर पास गर्ने पहिलो महिला भएकी छन् । राप्ती नगरको उच्च भाग वासवाङ स्थायी बसोबास गर्ने सीतामायाले पाटन क्याम्पसबाट डिग्री पास गरेकी हुन् । कक्षा ३ सम्म गाउँकै विद्यालय पढेकी उनी त्यसपछि भने जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालयमा पढ्न पुगिन् । क्रिमसनमा प्लस टु र कोटेश्वर क्याम्पसबाट स्नातक गरेकी उनलाई पढ्नका लागि सिकाऊ नामक गैरसरकारी संस्थाले सहयोग गरेको थियो।

आफ्नो जीवनमा शिक्षाको यो उपलब्धि हात लाग्नुमा बेल्जियमस्थित एक महिला नागरिक रहेको उनले बताइन् । आफू कक्षा ७ मा अध्ययनरत हुँदा ती महिलाको निधन भएपछि उनकै श्रीमान्ले स्नातकसम्म पढाउन सहयोग गरेको उनको भनाइ छ । समाजशास्त्रमा डिग्री पढ्ने क्रममा भने आफैँले खर्च जुटाएको बताउँदै उनले भनिन्, ‘जागिर खाँदै पढेको छु ।’

सुरूमा अरुको सहयोगमा र हाल आफ्नै कमाइमा पढ्न व्यस्त सीताले यतिखेर काठमाडौँमै आफ्ना तीन जना भदाहरुलाई कोठामा सँगै राखेर पढाइरहेकी छन् । पारिवारिक हिसाबले सीताको जीवन निकै सर्घषमय रह्यो । चेपाङ समुदायको पहिलो डिग्री पास गर्ने महिलाका रुपमा सीतालाई पाउँदा आफू निकै खुसी भएको सविधानसभा सदश्य तथा चेपाङ समुदायकै अगुवा गोविन्दराम चेपाङले बताउनुभयो । यो जाति निकै पिछडिएको अवस्थामा रहेको र त्यस जातिभित्र पनि लैङ्गिक हिसाबले महिलाहरु बढी नै समस्यामा छन् आउने दिनमा चेपाङ समुदायका महिलाहरुलाई सशक्तीकरण गर्नमा आफू लागि पर्ने बताइन् । मेहनत र अवसर भएमा सफलता हात पार्न कुनै समस्या नहुने सीताको भनाइ छ ।

तपाईको प्रतिक्रिया