काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचनको शब्द रचना रहेको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह , बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । प्रेम र रोदन लाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज घिमिरेको छायाँकन ,राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशनमा भिडियो तयार गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया