काठमाडौँ। बरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन भएको जानकारीमा आएको छ।
राति २ बजे घर फर्किँदा घर अगाडी पार्किङस्थलमै गाडी भित्र लामाको निधन भएको बताइएको छ । उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । हाल भक्तपुरस्थित कौशलटारमा बस्दै आएका थिए ।
२०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।उनको स्वरमा २०० भन्दा बढी गीतहरु रेकर्ड भएका छन्।

लामाले मनको बाँध देखि पोइ पर्यो काले , लक्क जवान , संगालो , मायापिरिम , रातो टिका निधारमा , छक्का पन्जा लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरेका थिए। दुई साता अघि मात्र उनले गायिका दिपा लामा सँगको युगल गीत ‘महाभार लेकको जंगलमा याला’ सार्वजनिक गरेका थिए।

तपाईको प्रतिक्रिया