सुजित कुमार खड्का

अमेरिका । नेपाली समुदायको प्रख्यात एवम् प्रतिष्ठित संस्था  एएनए ट्रस्टी बोर्डको हालै सम्पन्न बैठकले समाजसेवी एवम् सफल व्यवसायी यमुना भट्टराईलाई एएनए (ट्रस्टी) बोर्ड सदस्यमा मनोनीत गरिएको छ । नेपाली मुलकी भट्टराई पच्चीस  वर्षदेखी अमेरिकामा रहेर विभिन्न व्यापार व्यवसायका साथै सामाजिक कार्यमा अनबरत रहँदै आएकी छन् ।
अमेरिकामा रहेका  दर्जन भन्दा बढी नेपाली संघ सस्थामा आफ्नो सक्रिय भूमिका निभाउँदै आएकी भट्टराईलगायत विभिन्न पेसा र क्षेत्रका  अन्य विशिष्ट व्यक्तिहरुलाई यही फेब्रुअरी २६, २०२२  मा ट्रस्टी अध्यक्ष डा. शम्भु ढुंगानाको अध्यक्षतामा बसेको संस्थाको  बैठकले ट्रस्टी पदाधिकारी पदमा मनोनीत गरेको हो ।

मनोनीत हुनेमा क्यानडाबाट डा. द्रोण रसाली, अमेरिकाबाट क्रमस: डा. अम्बिकाप्रसाद अधिकारी एरिजोना,  यमुना भट्टराई टेक्सास, प्रो. योगेन्द्र जोन्छे, न्यूयोर्क र  केन्टकीबाट राजेन्द्र खतिवडा रहेका छन् ।

एएनएका पूर्व अध्यक्ष एवम् वर्तमान ट्रस्टी खगेन्द्र अधिकारीका अनुसार सबै ब्यक्तित्वहरूलाई एक कार्यकालको लागि सर्वसम्मतिबाट मनोनयन गरिएको  हो ।

तपाईको प्रतिक्रिया