मार्च १ मंगलबार । हङकङ । क्रान्ति सुब्बा ।

मार्च १ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२,५९७
.मृत्यु संख्या : ११७ जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक : ८६
.मृत्यु हुने ज्येष्ठ नागरिक :१०६
.मृत्यु हुने मानिस: ६८ जना पुरुष  ४९ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४७ वर्ष देखि ९९ वर्ष
.नर्सिङ होमवासीको मृत्यु संख्या :६३

.डेल्टा केस संख्या : १
.ओमिक्रोन केस संख्या :  १,०८३
.परिक्षण भैरहेका केस : ९१
.लो भाइरल लोड भएर निस्चय नभएका केस: ९५
.महामारी शुरु भएदेखि अहिलेसम्मको कुल केस:२२५,७४६

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ६,१२४
.पेन्नी बे क्वारेन्टाइनमा बस्नेको संख्या : करिब ५७०
.हाल क्रीटिकल बिरामीको संख्या : ५७ (४१ जनाले खोप लगाएका छैनन)
.सिरियस बिरामीको संख्या : ८८ (६४ जनाले खोप लाएका छैनन)

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या :३,४९७
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : १,२३४
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट :२७,८२६

.महामारी शुरु भएपछि भएको कुल मृत्यु संख्या :१,०१३
.पाँचौ लहरबाट मृत्यु हुनेको संख्या :८०८
.अस्पताल प्राधिकरणका कर्मचारी संक्रमित संख्या :३,५७०

हालसम्म ६१५ वटा वृद्ध  र अपाङ्ग आश्रमहरु संक्रमणको शिकार भएका छ्न। आज थप २५ वटा   वृद्ध आश्रम र ९ वटा  अपाङ्ग गृहमा संक्रमण फैलिएको थियो । आज ती गृहबाट २४९ जना वासिन्दा र ३० जना कर्मचारीहरू संक्रमित भएका  थिए। हालसम्ममा कुल वृद्ध गृहका लगभग ३,१५० वृद्ध बासिन्दाहरू र ९००  कर्मचारीहरू पोजिटिभ  वा प्रारम्भिक पोजेटिभ भएका छन ।

डा आउले  पाँचौं लहरमा सबैभन्दा बढी संक्रमित  कोभिड-१९ का केसहरू फैलिएको जिल्ला युन लङ  (१२.७%) भएको जानकारी दिए । त्यसपछि क्रमशः शा तिन (११%), शाम शुई पो (८.६%), क्वुन तोङ (८.५%) र याउ चिम मोङ (७.८%) रहेको उल्लेख गरे।

पाँचौं लहरको प्रकोपले  ६३६ बिरामीको मृत्यु भएको छ । डिसेम्बर २५, २०२१ साल पछि शुरु भएको यो लहर अन्तर्गत मृत्यु हुनेमा ९० प्रतिशत ६५ वर्षभन्दा माथिका थिए ।  मृतकमध्ये ८० प्रतिशत ७०–७९ वर्षका थिए ।  २९२ मृतक बिरामीहरू ८० वर्षभन्दा माथिका थिए। तीमध्ये ९१%ले कोभिड-१९ को खोप पूरा गरेका थिएनन।  पूर्ण खोप लगाएका बिरामीको मृत्युदर ०.०३% मात्रै रहेकोले डा. आउले जनतालाई सकेसम्म चाँडो खोप लगाउन आग्रह गरे।

केसहरू मध्ये, क्यान्सरबाट पीडित ५९ वर्षीया अपाङ्गता महिलालाई क्वीन्स मेरी अस्पतालमा भर्ना गरिएको थियो र फेब्रुअरी २८ मा उनको मृत्यु भएको थियो । खोप ग्रहण नगरेका एक ५८ वर्षीय पुरुषलाई  फोक्सोको संक्रमण भएको थियो । प्रिन्स अफ वेल्स अस्पतालमा उनको मृत्यु भएको थियो।  मिर्गौला रोगबाट पीडित ५७ वर्षीय पुरुष बिरामीलाई आइतबार बिहान सास फेर्न गाह्रो भएको थियो।  उनी तिन शुई वाइ अस्पतालको एक्सिडेन्ट एन्ड इमर्जेन्सी उपचारको लागी गएका थिए पछि   चुन मुन अस्पतालमा सारिएको थियो। उनको  निधन फेब्रुअरी २८ मा भएको हो ।  क्यान्सरबाट पीडित अर्की ५७ वर्षीया महिलामा स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि  गत शनिबार (२६फेब्रुअरी ) साँझ प्रिन्स अफ वेल्स अस्पतालमा भर्ना भएकी थिइन।त्यसपछि उनमा  पल्मोनरी आर्टरी एम्बोलिज्म ( फोक्सोको रक्तनली अबरुद्ध हुनु) भयो र  निधन भयो।

मार्च २ तारीखबाट नर्थ लान्ताउ हस्पिटलमा गम्भीर लक्षण भएका कोभिड बिरामीको मात्र उपचार हुनेछ।

तपाईको प्रतिक्रिया