२८ फेब्रुअरी सोमबार । हङकङ । क्रान्ति सुब्बा ।

फेब्रुअरी २८ तारीख सोमबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३४,४६६
.मृत्यु संख्या : ८७ जना (गत २४ घन्टामा)
.आयातित केस संख्या : ४
.स्थानीय संक्रमण संख्या : ३४,४६२
.डेल्टा केस संख्या : ३
.ओमिक्रोन केस संख्या :  १,९०२
.परिक्षण भैरहेका केस :३१५
.लो भाइरल लोड भएर निस्चय नभएका केस:१७१
.हाल अस्पतालमा रहेका बिरामीको संख्या :५,८८२
.पेन्नी बे क्वारेन्टाइनमा बस्नेको संख्या : करिब ४०२
.हाल क्रीटिकल बिरामीको संख्या :४९
.सिरियस बिरामीको संख्या :६६

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या :३,५८८
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,३९१
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट :२८,८४७

विगत २४ घण्टामा ५१ देखि १०० वर्ष उमेर समुह बीचका जम्मा ८७ जनाको मृत्यु भएको छ। तीमध्ये धेरै जसो ज्येष्ठ नागरिक रहेका थिए ।
मृत्यु हुने मध्ये ४९ जना वृद्ध आश्रमका वासिन्दा थिए । ७९ जना ६५ वर्ष वा सो भन्दा माथिका थिए ।१० जनाले खोपको पहिलो डोज लगाएका थिए । अरु १० जना मृतक बिरामीले दुई डोज खोप लाएका थिए । मृत्यु हुनेमा ६७ जनाले खोप लगाएका थिएनन।

थप ४९ वटा  वृद्ध वा अपांग आश्रमहरू संक्रमणका शिकार भए आज। ती स्थानबाट आज कुल ४३० जना वासिन्दा र ६२ जना कर्मचारी संक्रमित भएका थिए ।
हालसम्म ती आश्रमका ८६५ भन्दा बढी कर्मचारी र करिब  २,९०० बासिन्दाहरू संक्रमित भएका छन।

कुल ३,१६० अस्पताल प्राधिकरणका कर्मचारीहरू संक्रमित भएका थिए ।

पाँचौ लहर शुरु  भए यता ६३६ जनाले ज्यान गुमाएका छ्न भने यो महामारीले कुल ८४२ जनाको ज्यान लिइसकेको छ।

मङ्गलबारबाट  थप पाँचवटा कोविड क्लिनिकहरू सञ्चालनमा आउने  भएका छ्न। यी पाँच समेत गरेर कुल क्लिनिक  संख्या बढेर १४ पुग्नेछ। ती पाँच क्लिनिक हुन- ताङ शिउ किन अस्पताल भायोलेट पील जनरल आउट पेशेन्ट क्लिनिक, एबरडीन जोकी क्लब जनरल आउट-पेशेन्ट क्लिनिक, च्यङ क्वान ओ (पो निंग रोड) आउट-पेशेन्ट क्लिनिक,  फ्यानलिंग फेमिली मेडिसिन सेन्टर  र यान ओई जनरल आउट-पेशेन्ट क्लिनिक।

पाँचौ लहरका कारण ज्यान गुमाएका ६३६ मृतक मध्ये सेन्टर अफ हेल्थ प्रोटेक्सनले ४४२ वटा केसलाई अध्ययन गर्दा ९२ प्रतिशत केसहरू ६० वर्ष वा सोभन्दा माथिका थिए।  उनीहरुको औसत उमेर ८४ वर्ष थियो ।

९ वर्ष वा मुनिका बिरामीहरूको हकमा  मृत्यु दर ०.०४ प्रतिशत थियो।  वृद्धवृद्धाहरूको मृत्यु दर धेरै उच्च थियो। जस्तै ६०-६९ – वर्ष उमेर समुहको मृत्यु दर ०.१७  प्रतिशत र ७० र ७९ वर्ष उमेर समुहको मृत्यु दर ०.८७  प्रतिशत थियो ।

८० वर्ष वा सोभन्दा माथिका मानिसहरूको हकमा  खोप प्राप्त नगर्नेहरुको  मृत्युदर ४.३४ प्रतिशत थियो । दुई वा सोभन्दा बढी डोज  खोप लगाउनेहरूको तुलनामा १६ गुणा बढी मृत्यु दर देखिएको थियो ।

सबै उमेर समूहहरूको मामिलामा कुरा गर्ने हो भने ८१ प्रतिशत मृतक  बिरामीहरूले कुनै कोभिड-१९ खोप लगाएका थिएनन।  दुई वा सोभन्दा बढी खोप  प्राप्त गर्नेहरूको  मृत्यु दर ०.०३ प्रतिशत थियो।

हङकङ विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ हो पाक-ल्यङले जब सरकारले बिरामीलाई आफ्नो पोजेटिभ नतिजा आफै  रिपोर्ट गर्ने  संयन्त्र  स्थापना गर्छ तब  संक्रमण संख्या झन धेरै  बढने छ भनेका छ्न।

तर यो संयन्त्रले अधिकारीहरूलाई पुष्टि भएका केसहरूको उमेर, बसाईको अवस्था  र खोपको स्थिति बारे थप जानकारी दिनेछ जसले गर्दा नागरिकहरूलाई आइसोलेसन सुविधाहरूमा पठाउने कुराको  व्यवस्थापन गर्न मद्दत गर्न सक्छ उनले भने।

अन्य देशको अनुभवलाई हेर्दा महामारीको प्रकोप आम जनसमुदायमाझ विषाक्त रूपमा फैलिएको सामान्यतया एक देखि दुई महिना पछि यसको अवस्था खस्किएर जान्छ र यो हप्ताभरी संक्रमणको संख्या अझ चुलिएर जाने उनले अपेक्षा गरेकाछ्न।

तपाईको प्रतिक्रिया