काठमाडौ । नेपाली काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै काङ्ग्रेसले आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।

प्रदर्शनलाई सम्बोधन गर्दै काङ्ग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया