क्रान्ति सुब्बा । हङकङ ।

मार्च २ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५५,३५३
.आयातित केस संख्या :२७
.मृत्यु संख्या : ११७ जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : ९५
.पुर्ण खोप लगाएका मृतक संख्या : ६
.एक खोप लगाएका मृतक संख्या :१६
.मृत्यु हुने ज्येष्ठ नागरिकको संख्या  :११०
.मृत्यु हुने मानिस: ७३ जना पुरुष  ४४ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ५८ वर्ष देखि १०० वर्ष
.नर्सिङ होमवासीको मृत्यु संख्या :७८

.पाँचौं लहरबाट संक्रमित कुल संख्या : १२८,१९९
.महामारी शुरु भएदेखि अहिलेसम्मको कुल केस:२९३,७३०

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ६,४००
.पेन्नी बे क्वारेन्टाइनमा बस्नेको संख्या : करिब ७६०
.हाल क्रीटिकल बिरामीको संख्या : ६४ (५५ जनाले खोप लगाएका छैनन)
.सिरियस बिरामीको संख्या : ८८ (६४ जनाले खोप लाएका छैनन)

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या :७,७४९
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,२५०
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट :४०,५१४


.डिस्चार्ज हुनेको कुल संख्या :५९० ( गत २४ घन्टामा)
.प्रयोगमा आएको अस्पतालको बेड:८७.५%
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ७०
.क्लोज कन्ट्याक्ट संख्या : १५०

.पाँचौ लहरबाट मृत्यु हुनेको संख्या :९६७
.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या :४,३२२
.६०० जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके

.आयातित  २७ केस मध्ये २३ वटा केस जाकर्ताबाट मंगलबार  आएको क्याथे प्यासिफिक फ्लाइट CX796 संग संबंधित थिए । यो फ्लाइटबाट आएका धेरैजसो संक्रमित डोमेस्टिक हेल्परहरु थिए । जाकर्ताबाट उडने सबै  क्याथे प्यासिफिक  उडानमाथि  २ हप्ता( मार्च ३- मार्च १६) को लागि प्रतिबन्ध लगाइएको छ।

.प्रत्येक दुई वा तीन दिनमा संक्रमित संख्या दोब्बर हुने ट्रेन्ड हङकङमा हालमा छ र यो ट्रेन्ड अझ मास्तिर जाने अपेक्षा डाक्टर अल्बर्ट आउले गरेका छ्न। रयापिड एन्टिजेन टेस्टिङ किटबाट अझै धेरै संक्रमित पत्ता लाग्ने निश्चित छ। एन्टिजेन परिक्षण विधिको अभ्यास सर्वाधिक जनसंख्याले गर्न थाले पछि स्वाभाविक रूपमा स्वास्थ्य बिभागमा धेरै तथ्यांकको संकलन हुनेछ र सोही अनुसार केस संख्यामा थप वृद्धि आउनेछ। संक्रमण प्रकोपलाई रोक्न गरिने अनिवार्य आम परिक्षणको बेला शहर व्यापी आंशिक लकडाउन हुने कुरा पनि आउले बताए ।

हालसम्म ६७० वटा वृद्ध  र अपाङ्ग आश्रमहरु संक्रमणको शिकार भएका छ्न। आज थप ४० वटा   वृद्ध आश्रम र १५ वटा  अपाङ्ग गृहमा संक्रमण फैलिएको थियो । आज ती गृहबाट ४८८ जना वासिन्दा र २२८ जना कर्मचारीहरू संक्रमित भएका  थिए। हालसम्ममा कुल वृद्ध गृहका लगभग ३,६५० वृद्ध बासिन्दाहरू र १,०५०  कर्मचारीहरू पोजिटिभ  वा प्रारम्भिक पोजेटिभ भएका छन ।

अस्पताल प्राधिकरणका इन्टेग्रेटेड क्लिनिकल सर्भिस फाटका मुल प्रबन्धक ल्यारी लि ल्याप-यिपले हालमा सरकारले अधिक आइसोलेसन फेसिलिटीहरु निर्माण हुदै गरेको जानकारी दिए। अब उप्रान्त जवान बच्चालाई मातापिता बिना नै भर्ना गरिने तर आइसोलेसन फेसिलिटीमा पठाइएको हकमा भने बच्चाले आफ्नो परिवारसंग बस्न पाउने प्रबन्धको तयारी हुदै गरेको बताए ।

तपाईको प्रतिक्रिया