क्रान्ति सुब्बा । हङकङ ।

हङकङको कन्स्ट्रक्सन इन्डस्ट्री काउन्सिलले निर्माण क्षेत्रमा काम गर्ने  संक्रमित मजदुर र उनको परिवारको लागि एउटा राहत प्याकेज ल्याएको छ। कन्स्ट्रक्सन इन्डस्ट्री केयरिङ  क्याम्पेन-फाइट अगेन्स्ट नोभल कोरोनाभाइरस फेज टु अन्तर्गत यो सहयोग ल्याइएको हो। यो राहत कोषको लागि हङकङ डलर ४ करोड जम्मा गरिएको थियो ।

कन्स्ट्रक्सन इन्डस्ट्री काउन्सिल  (CIC) र कन्स्ट्रक्सन इन्डस्ट्रीले संयुक्त रूपमा “कन्स्ट्रक्सन इन्डस्ट्री केयरिङ क्याम्पेन”  फेब्रुअरी २०२० सालबाट शुरु गरेको कुरा वेबसाईटमा जनाइएको छ। वेबसाईट हेर्न तल क्लिक गर्नुहोस

https://www.cic.hk/eng/main/caring_campaign/

हङकङमा महामारीको प्रकोप जारी रहेका कारण आर्थिक राहतका लागि आवेदन दिनेहरूको चाप धेरै  बढेको छ। यही पारा हो भने महामारी फन्ड चाडैं रित्तिने निश्चित भएकोले काउन्सिलले यसको वितरणलाई बिशिष्टिकरण गरिएको जानकारी दिएको छ। यो नयाँ  केयरिङ क्याम्पेन अनुसार २८ फेब्रुअरी वा सो भन्दा अगाडि कोभिडद्वारा संक्रमित भएका कारण निम्न बमोजिमको अवस्था सामना गर्न पुगेका संक्रमितले मात्र नगद राहत प्राप्त गर्नेछन।

१. स्वास्थ्य विभाग (डिपार्टमेन्ट अफ हेल्थ ) वा अस्पताल प्राधिकरण (हस्पिटल अथोरिटी) द्वारा अनिवार्य क्वारेन्टाइनमा जानुपर्ने आदेश पत्र भएमा । उक्त आदेश पत्र बाहक स्वयं संक्रमित श्रमिक वा संक्रमित श्रमिकका क्लोज कन्ट्याक्ट हुन सक्छन।
२. वा स्वास्थ्य विभाग (डिपार्टमेन्ट अफ हेल्थ ) वा अस्पताल प्राधिकरण (हस्पिटल अथोरिटी) द्वारा प्रदान गरिएको कोभिडद्वारा संक्रमित हो भन्ने सिक लिभ या त कोभिडद्वारा संक्रमित भएको मेडिकल सर्टिफिकेट  भएमा ।

संबंधित संक्रमितले निम्न बमोजिमका  कागजात र जानकारी यही  ३१ मार्च २०२२ सम्ममा वा सो भन्दा अगाडि निम्न नम्बरमा ह्वाटसएप गर्न अनुरोध गरिएको छ।

ह्वाटसएप (WhatsApp ) नम्बर: ९७६४ १९४५

ह्वाटसएपमा पठाउनु पर्ने कागजहरु

१. भ्यालिड कन्स्ट्रक्सन वर्कर्स रजिस्ट्रेसन कार्ड (पन्जिकृत  निर्माण श्रमिक  कार्ड ) । उक्त सामान्य वा बिशेष  कार्ड १७ फेब्रुअरी २०२० भन्दा अगाडि दर्ता भएको  हुनुपर्छ। अर्थात  फेब्रुअरी १६ सम्म म्याद भएको हुनुपर्छ ।

२. स्वास्थ्य विभाग/अस्पताल प्राधिकरणले जारी गरेको मान्यता प्राप्त  मेडिकल  प्रमाणपत्र (२८ फेब्रुअरी २०२२ मा वा सो भन्दा  अघि जारी गरिएको हुनुपर्छ।)

३. बैंक खाताको प्रमाण (जस्तै स्टेटमेन्ट/पासबुक/एटीएम कार्ड)

३. कोभिड-१९ खोप रेकर्ड (कोभिड-१९ खोप २८ फेब्रुअरी २०२२ मा वा सो भन्दा अघि पूरा भएको हुनुपर्छ )। खोप लाउन नमिल्नेले मान्यता प्राप्त मेडिकल प्रमाणपत्र पेश गर्नु पर्दछ।

आर्थिक सहयोग राशि तपशिल बमोजिम प्राप्त हुनेछ।

१.अनिवार्य क्वारेन्टाइनमा रहेको श्रमिकले प्रति दिन हङकङ डलर ३०० (तीन सय) प्राप्त गर्नेछ । प्राप्त गर्ने रकमको लिमिट रहेको छ अधिकतम हङकङ डलर ४,२००( चार हजार दुई सय)
२. कोभिड- १९ बाट संक्रमित श्रमिकले प्रति दिन हङकङ डलर ५०० प्राप्त गर्नेछ । रकम प्राप्त गर्ने लिमिट रहेकोछ अधिकतम हङकङ डलर १००,००० ( एक लाख )
३. कोभिड-१९ संक्रमित मृतकको हकवालाले हङकङ डलर १००,०००(एक लाख) एकमुष्ट भुक्तानी पाउनेछ।

हटलाइन: २१००९०००

तपाईको प्रतिक्रिया