क्रान्ति सुब्बा । हङकङ ।

हङकङले अवलम्बन गरेको डाइनामिक शुन्य संक्रमण सहनसिलताको निति अन्तर्गत  मार्च महिनाको अन्त तिर शतप्रतिशत जनसंख्या (७५ लाख ) लाई अनिवार्य कोभिड परिक्षण ( कम्पलसरी युनिभर्सल टेस्टिङ) गराउने योजना लागु हुने भएको छ। स्वाभाविक रूपमा उक्त आम परिक्षणको निम्ति शहर व्यापी लकडाउन गरिनेछ नै। तर कुन मोडेलको लकडाउनलाई अभ्यास गरिने भन्ने बारे सरकारले व्यापक आन्तरिक गृहकार्य जारी राखेको अवस्था छ र सम्पूर्ण खाका तयार भैसकेपछी त्यसलाई यथाशीघ्र सार्वजनिक गर्ने तम्तयारी हुदैछ जसले गर्दा जनतालाई पनि अग्रिम तयारी हुने मौका मिलोस। अहिलेसम्म सम्ममा चुहावट भएको सूचना अनुसार आंशिक लकडाउन शुरुको चार दिन लागू हुनेछ। यसैक्रममा उक्त शहर व्यापी लकडाउनमा सार्वजनिक यातायात अवरुद्ध नहुने जानकारी यातायात तथा आवास मन्त्री फ्रान्क चान फ्यानले मार्च ७ तारीख सोमबार एक रेडियो कार्यक्रम मार्फत बताएका छ्न।

२६ तारीख मार्च देखि अप्रिल ३ तारीख सम्म सम्पन्न हुने योजना रहेको उक्त मास टेस्टिङ जारी भएको बेला शहर व्यापी लकडाउन भए पनि  सार्वजनिक यातायात निश्चित रूपमा रोकिने छैन। किनकि मानिसहरूले काममा जानुपर्छ, काममा गएकाले फर्कनु पर्छ। पोजेटिभ भएकालाई आइसोलेसन फेसिलिटीसम्म पुरयाउनु पर्छ । र बिशेष गरि एक्लै बस्ने वृद्ध व्यक्तिहरूलाई  दैनिक चाहिने  आवश्यक बस्तु ढुवानी हुनका लागि सार्वजनिक यातायात चल्नै पर्छ  उनले भने। तर सार्वजनिक यातायातको फ्रीक्वेन्सी र क्षमतामा अवश्य कमि आउँछ।

त्यसो त  सरकारले लकडाउन भए पनि शेयर बजारको सञ्चालनमा कुनै असर नपर्ने  बताएको थियो ।

फ्र्याङक चान

लकडाउनको बेला नागरिकहरुलाई अन्नपानी जस्ता दैनिक उपभोग हुने चिजबिजहरु खरिदको लागि घरबाट बाहिर जान कुन तरिकाले दिने भन्ने बारेमा छलफल भैरहेको चानले बताए । अन्य देशको अनुभवलाई हेर्ने हो भने एउटा परिवारबाट एक जना किनमेलमा जान सक्ने नजीर रहेको देखिन्छ । हङकङमा पनि त्यस्तै हुने उनले बताएका छ्न। जस्तै एउटा तोकिएको समयमा नागरिकलाई सुपरमार्केट, फार्मेसी तथा क्लिनिक तिर जान छुट दिइनेछ ।

उनले लकडाउनको बेला दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै किसिमको कमी नआउने पुन स्मरण गराए । अहिले पनि मातृभूमि चीनबाट प्रचुर मात्रामा  तरकारी सप्लाइ भएकोछ । फ्रोजन फूडको सप्लाइ त झन नर्मल भन्दा डबल भैरहेको छ।

आपूर्ति तथा सुपरमार्केट अपरेटरहरुले मन्त्री चानलाई बताए अनुसार तीन महिनासम्म हङकङको जनसंख्यालाई  थाम्ने फ्रोजन मासुको स्टक छ। हरेक हप्ता चालीस  लाख थान अण्डा हङकङमा आपूर्ति भैरहेको छ।

फेब्रुअरी १८ देखि शेन्जेनबाट हङकङसम्म उपभोग्य वस्तु ढुवानी गर्नका निम्ति  तीनवटा समुद्री मार्गहरू प्रयोग  गरिएको छ। मेडिकल सामग्रीहरु रेल मार्गबाट  ढुवानी गरिन्दैछ। हङकङ र चीनका अधिकारीहरू बीच ढुवानीको संख्यालाई अझ कसरी बढाउन सकिन्छ भन्ने विषयमा  छलफलमा जारी छ।

केही स्थानीय मिडिया आउटलेटले जनाए अनुसार प्रहरीले हङकङको पाँच मुख्य क्षेत्रमा रेस्पोन्स टिम खडा गरि सक्रियता जनाउनेछ।जसको निम्ति कम्तीमा ४,००० दंगा प्रहरी परिचालन गरिनेछ उक्त आंशिक लकडाउन सहित जारी हुने आम परिक्षण अवधिमा। दुई टोलीमा बिभक्त प्रहरीको काम भाइरस पोजेटिभ बिरामीलाई अस्पताल तथा कम्युनिटी आइसोलेसन केन्द्रमा पुरयाउनको लागि एस्कर्ट गर्ने र लकडाउन गरिएको बिल्डिङलाई नियमन, व्यवस्थापन गर्ने हुनेछ।

आइसोलेसन फेसिलिटी , चिङ यी , हङकङ

बिल्डिङको निरिक्षणमा खटिने प्रहरीको एउटा काम बिना टेस्ट कुनै नागरिकलाई भवन छोडन नदिनु हुनेछ। १२ प्रतिशत महिला प्रहरी संलग्न रेस्पोन्स ब्रीगेडमा खटिएका प्रहरीले आफ्नो दंगा वर्दी लाउने छैनन । उनीहरुले पर्सनल प्रोटेक्टिव इकुइपमेन्ट जस्तै सुरक्षा प्रदान गर्ने पोशाक , पन्जा , चस्मा र मास्क लगाउनेछ्न भन्ने बुझिएको छ।

प्रत्येक नागरिकलाई अनिवार्य कोभिड टेस्ट गराउनको औचित्य हुन्न यदि संक्रमितलाई छुट्याएर आवश्यक उपचार गरिएन भने। अगणित मानिस पोजिटिभ भैसकेकाले सोही मात्रामा उपचार तथा आइसोलेसन रुमको दरकार पर्नेछ। सरकारले त्यसकारण एक पछि अर्को अस्थायी अस्पतालको निर्माण पूरा गर्दैछ।

चीनबाट आएका महामारी बिरोधि टोलिको सहयोगमा कम्तिमा ९ वटा कोभिड-१९ फेसिलिटी हङकङमा बनिदैछ संक्रमित विरामी राख्न निम्ति । पहिलो फेसिलिटी चिङ यीमा बनिएको हो जहाँ मार्च १ तारीख मंगलबारबाट बिरामी भर्ना हुन थालेका छ्न। कोरोनाभाइरसका हल्का बिरामी जसलाई ठूलो उपचार चाहिदैन त्यस्ता बिरामी यहाँ भर्ना हुनेछन।

तपाईको प्रतिक्रिया