क्रान्ति सुब्बा । हङकङ ।

मार्च ६ तारीख आइतबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३१,००८
.आयातित केस संख्या : २
.हङकङको कुल केस : ४७१,६१७
.हङकङको कुल मृत्यु संख्या :२,००७
.२,६०१ केसको भेरिएन्ट टेस्ट गर्दा २ वटा डेल्टा,२,१०५ केस ओमिक्रोन भेटियो। ४९४ केसको स्थिति अनिश्चित छ वा न्यून भाइरल लोडका कारण टेस्ट गर्न सकिएको छैन।

पाचौं लहर तथ्यांक
.पाचौं लहरले ल्याएको मृत्यु : १,७९४
.मृत्यु दर : ०.३९ %
.पुरुष मृतक : १,१०३
.महिला मृतक : ६९१
.मृतकको उमेर समूह: ११ महिना – १०८ वर्ष
.बाल मृतक : ६ ( ४ जना १० वर्ष मुनीका)
.१८-५९ वर्षका मृतक : ८९
.६० वर्ष भन्दा माथिका मृतक : १,६९६
.८० वर्ष  भन्दा माथिका मृतक: १,२२७ (कुल मृत्युको ६८.४%
.५ जना मृतकको विवरण अज्ञात रहेको छ।
.दिर्घरोगी मृतक संख्या  : १,५३८ । ती मध्ये १,०४७ जना नर्सिङ होम निवासी थिए ।
.आज सुचिकृत  ४ जना मृतक (२ जना पुरुष २ जना महिला ) जसको मरण पब्लिक अस्पतालमा भएको थिएन । ती मृतकको उमेर ५६ देखि ८९ बीचको थियो । र उनीहरुको मृत्यु क्रमशः २३,२७ र २८ फेब्रुअरीमा भएको थियो ।

.मृत्यु संख्या : १५३ जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : ११४
.पुर्ण खोप लगाएका मृतक संख्या : १३
.एक खोप लगाएका मृतक संख्या : २५
.तीन खोप लगाएका मृतक संख्या: १
.मृतक ज्येष्ठ नागरिकको संख्या : १४० (६० वर्ष माथिका)
.मृत्यु हुने मानिस: ९६ जना पुरुष ५७ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ३५ वर्ष देखि १०५ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ९७

.प्रयोगमा आएको अस्पतालको बेड: ८७.७%
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ७०
.क्लोज कन्ट्याक्ट संख्या : ४०

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : ३,०८२
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,६०१
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : २५,३२५

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ७,४७६
.पेन्नी बे क्वारेन्टाइनमा  : २,००० भन्दा बढी
.हाल क्रीटिकल बिरामीको संख्या : ५७ (४२ जना खोप नलाएका)
.सिरियस बिरामीको संख्या : १२३ (७९ जनाले खोप लाएका छैनन)
.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या : ८,८२७
.१,३२१ जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके

. आज थप ७३ वटा वृद्ध आश्रम र २१ वटा  अपाङ्ग गृहमा संक्रमण फैलिएको थियो । आज ती गृहहरुबाट ६९४ जना वासिन्दा र १५० जना कर्मचारीहरू संक्रमित भएका  थिए।
कुल सरदर १३,००० निवासी ३,४५० कर्मचारी हङकङका कुल ६६२ वटा संक्रमित नर्सिङ होम (रेसिडेन्सिएल केयर होम) बाट संक्रमित हुने मानिस रहेकाछ्न। २१३ वटा  अपाङ्ग गृहबाट सरदर ३,८०० वासिन्दा र १,३७० जना कर्मचारी संक्रमित छ्न।

मृतक मध्ये एक ४७ वर्षकि शैय्याग्रस्त महिला जो दीर्घ रोगी थिइन  उनको प्रीन्सेस मागरेट अस्पतालमा मृत्यु मार्च ५ मा भएको थियो ।

अर्कि एक ३५ वर्षकि महिला जो लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिइन उनको देहावसान प्रीन्स अफ वेल्स  अस्पतालमा मार्च ५ तारीख भएको थियो ।

अर्कि एक ५२ वर्षकी मृतक नर्सिङ होम निवासी थिइन ।ज्वरो र श्वास फेर्नू गाह्रो भएपछि उनलाई क्विन एलिजाबेथ अस्पताल भर्ना गरिएको थियो जहाँ उनले प्राण त्यागेकी थिइन।
अर्का एक जना ५६ वर्षका नर्सिङ होम निवासी पुरुष खोकी लागेपछि र स्वास फेर्न गाह्रो भएपछि २३ फेब्रुअरीका दिन पोक ओइ अस्पतालमा भर्ना भएका थिए । उनको मृत्यु मार्च ५ तारीख भएको थियो ।
एक अर्का मरणासन्न क्यान्सर रोगीको अवस्था खस्किएपछी क्वङ वाह अस्पतालमा भर्ना भएका थिए । त्यहाँ परिक्षण गर्दा उनमा कोभिड पोजिटिभ देखियो र मार्च ५ मा उनको देहान्त भयो।
एक ५९ वर्षकी मानसिक रोगी  महिला जो नर्सिङ होममा बस्थिन । उनमा पनि कोभिड पोजेटिभ देखिएको थियो जसको मृत्यु चुन मुन अस्पतालमा भएको थियो ।

टेस्ट रिजल्ट र रिपोर्टिङ सिस्टममा सुस्ती भएकाले ७६ जना मृतकको  नाम आज थपिएको थियो । शब गृहबाट आएको ४ , पेन्डिङ मृत्यु ७६ र आजको १५३ समेत गरेर आजको मृत्यु संख्या २३३ पुगेको थियो ।

डाक्टर आउले भनेकाछ्न कि विगत दुई दिनमा संक्रमितको संख्या हल्का घटेको भएता पनि अझै केसको स्तर हाइ नै छ। अझै यो महामारी उत्कर्षमा पुगेको छ छैन एक देखि दुई हप्ता नियालेपछी मात्र थाहा हुन्छ। घट्यो भन्दैमा ढुक्क हुन सकिन्न । अहिले पिसिआरको बदलामा रयापिड टेस्ट किटको प्रयोग मानिसहरुले गरेका कारण यथार्थ तथ्यांक प्रतिबिम्बित भएको छैन ।

तपाईको प्रतिक्रिया