उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित  मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ। तयारी संगै  पहिलो अडिसन समेत उर्लाबारीमा  गरिएको छ ।

सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो ।

दोस्रो चरणको अडिसन शनिबार हुने वहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसनमा मिस पूर्वाञ्चल २०१९ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ । यस पटक मिस उर्लाबारीमा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ । प्रशिक्षण शुल्क समेत नलिने संयोजक चिमरियाको भनाई छ । चैत्र अन्तिममा  फिनाले गर्ने गरी  तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको बिजेता

नेमिता आङ्गबुहाङ्ग हुन् भने दोस्रो संस्करणको बिजेता रुशाली केसी हुन्।

तपाईको प्रतिक्रिया