क्रान्ति सुब्बा । हङकङ ।

मार्च १२ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २७,६४७
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १५,७८९
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ११,८५८
.आयातित केस संख्या : १
.स्थानीय केस संख्या : बाँकी रहेका सबै
.पाचौं लहरबाट आएको कुल केस: ६६१,८१६

आरएटी (RAT- रयापिड एन्टिजेन टेस्ट ) अन्लाईन डिक्लेरेसन प्लेटफर्मबाट आफ्नो पोजिटिभ रिपोर्ट पेश गरेपछि उनीहरुले सरकारको तर्फबाट एसएमएस प्राप्त गर्नेछन डाक्टर आउले फेरि सम्झाए। एसएमएस पाउने साथ चाडो भन्दा चाडो टेक्स्ट म्यासेजबाट संपर्क गर्नु पर्दछ जसले गर्दा सरकारले डकुमेन्ट अपलोड गर्ने लिङक पठाउन सकोस फलो अपको निम्ति । उच्च जोखिममा परेकालाई समयमै हेर्नको लागी यसो गर्न जरुरी छ  उनले भने। १३ तारीख मध्य रातपछि  एसएमएस लिङक  केवल २४ घन्टासम्मको लागि मात्र मान्य हुनेछ । र डकुमेन्ट २४ घन्टा भित्र अपलोड गरिसक्नुपर्ने छ। अन्यथा क्वारेन्टाइन अर्डर पठाइने छैन । मार्च ७ देखि १३ तारीख भित्र प्राप्त गरेको एसएमएसको म्याद पनि मार्च १३ तारीखको मध्य रात पछि सकिन्छ ।

. केसको भेरिएन्ट टेस्ट गर्दा शुन्य डेल्टा भेटियो। १,०५५ केसमा ओमिक्रोन भेटियो। बाकी रहेको १,७३८  केसको नतिजा आएको छैन वा न्यून भाइरल लोड भएका कारण भेरिएन्ट निश्चित गर्न नसकिएको स्थिति छ।
.पाँचौ लहरबाट मृत्यु हुनेको संख्या : ३,५१६

मृत्यु विवरण
.मृत्यु संख्या : २८५ जना ( ढिलो रिपोर्ट भएको मृत्यु समेत गरेर गत २४ घन्टामा)
.मृत्यु संख्या : १९८ ( गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : १०४
.दोस्रो  खोप लगाएका मृतक संख्या : २१
.एक खोप लगाएका मृतक संख्या : ३७
.मृत्यु हुने मानिस: १२२ जना पुरुष ७६ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ३६ वर्ष देखि १०७ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ११९

.कम उमेरका मृतक
.एक ३६ वर्षकि मुटु रोगी  महिला जो लामो समयदेखि किडनी डाइलासिसमा थिइन । उनको परिवारलाई पनि कोभिड भएको थियो।
.एक ४४ वर्षका पुरुष जसको मुटुको भल्भ प्रत्यारोपण गरिएको थियो ।
.एक ५१ वर्षकि दीर्घ रोगी महिला
.एक ५४ वर्षकि दीर्घ रोगी महिला
.एक ५४ वर्षकि  महिला
.एक ५६ वर्षकि क्यान्सर रोगी महिला
.एक ५७ वर्षका क्यान्सर रोगी पुरुष

.डिस्चार्ज संख्या : ९६० ( गत २४ घन्टामा)
.हाल अस्पतालमा रहेका बिरामीको संख्या : १०,०००
.हाल क्रीटिकल बिरामीको संख्या : १६४
.सिरियस बिरामीको संख्या : २२८
.आइसियु रहेका संख्या : ८५

नर्सिङ होम र अपांग आश्रम

.पाँचौ लहरबाट हङकङका ७४२ वटा  नर्सिङ होम ( रेसिडेन्सियल केयर होम) का कुल सरदर २४,२७० निवासी (हङकङ भरिका सम्पूर्ण वृद्ध गृह निवासीको ३२%)  र ६,३३० कर्मचारीलाई  संक्रमित भएका छन( हङकङ भरिको वृद्ध गृहमा काम गर्ने सम्पूर्ण कर्मचारीको २१%) ।

.विगत २ हप्ताको अवधिमा ४०९ वटा वृद्ध गृहमा संक्रमण फैलिएको थियो । अथवा हङकङ भरि रहेका सम्पूर्ण वृद्ध गृहको ५१% संक्रमित
.हङकङका २६५ वटा अपांग आश्रममा संक्रमण फैलिएको छ र विगत २ हप्ताको अवधिमा थप १६४ वटामा संक्रमण फैलिएको थियो । हङकङमा रहेका सम्पूर्ण अपांग आश्रमको ४९% संक्रमित छ्न।

.पाँचौ लहरबाट  अपाङ्ग गृहका   ६,६५० वासिन्दा ( हङकङमा रहेका कुल अपांग गृहको ३६.४%)  र २,४३० जना कर्मचारी संक्रमित छ्न( हङकङ भरी रहेका अपांग आश्रमका काम गर्ने कुल कर्मचारी संख्याको २३%)।

.पाँचौ लहर शुरु भए यता रेसिडेन्सिएल केयर होमका  १,८९४ जनाले ज्यान गुमाएका   छ्न।

तपाईको प्रतिक्रिया