धरान / रंगहरुको पर्व होलीको अवसर पारी आउँदो चैत्र ४ गते शुक्रबार धरान -४ स्थित ट्रीहाउस रेस्टुरेन्टको मैदानमा “होली इन जंगल” कार्यक्रमको आयोजना हुने भएको छ।

दिउँसो १२ बजे देखि साँझ सम्म हुने कार्यक्रममा काठमाडौँ बाट डिजे सन्तोष , डिजे नानी ,र धरानबाट डिजे जेनी र डिजे डबल बीले होलीको फ्लोर तताउने छन्।धरानको शिरमा अवस्थित नेपालकै पहिलो ट्रीहाउसमा होलीलाई उत्सवको रुपमा मनाउन लागेको र प्रवेश निशुल्क गरिएको र कार्यक्रमलाई भब्य रुपमा आयोजना गर्नको लागि तयारी गरिरहेको आयोजक टिमका सरल उदासले बताए।

तपाईको प्रतिक्रिया