काठमाडौ ।लोकप्रिय गायक मणि सुन्दर लिम्बूले एक पछि अर्को गीत सार्वजनिक गरिरहेछन। हालै उनले मणि सुन्दर लिम्बु नामको आफ्नै अफिसियल युट्युव  च्यानलबाट एक हप्ताको अन्तरालमा ` हेर्दा तिमी´ भन्ने रोमान्टिक लव सङको म्युजिक भिडियो बजारमा ल्याएका छ्न।

गत हप्ता मात्र उनको युगल गीत `तिमी परेउ नेपालको म त परे आसामको´ भन्ने म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।


आसामबाट गत वर्ष संगीत गर्न नेपाल आएका मणि सुन्दर लिम्बुले यो एक वर्षको अन्तरालमा १५/१६ वटा गीत रेकर्ड गरिसकेको तर ८/९ वटा गीत मात्र बजारमा आएको बताउछन। आफ्ना गीतहरुमा प्रायः आफै संगीत भर्ने उनले हेर्दा तिमि भन्ने गीतमा आफै संगीत गरेका छ्न।


स्काइ स्टुडियोमा रेकर्ड भएको यस गीतका रचनाकार पुर्ण राई हुन भने एरेन्जरमा पावल चाम्लिङ र क्यामेरा र भिडियो एडिटिङमा प्रवेश राइ रहेका छ्न।

गायक मणि सुन्दर लिम्बु

भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया