काठमाडौं । वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ  चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द  संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।


देशमा बिद्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट   , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।
युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ। बिगत ५ बर्ष देखि  नेपाल बाहिर रहेका श्रेष्ठको यस अघिका गीतहरु पनि धेरै रुचाइएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया