काठमाण्डौं ।
गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना ‘ गीतको भिडियो हाङ प्रोडक्सन मार्फत सार्वजनिक भएको छ । गीतकार सरिता राईको शब्द रचना रहेको पुर्बेली भाकाको मायालुको सम्झना बोलको गीत बजारमा सार्बजानिक भएको हो ।

पुर्बेली भाकाको मायालुको सम्झना सालैजो भाकामा फ्युजन गरिएको गीतको म्युजीक भिडीयो आम दर्सक ले रुचाउनेमा आफु निकै आशावादी रहेको निर्देशक हाङ चेम्जोङले बताए ।

लोकप्रिय संगीतकार डि. आर अटुको संगीतमा गीत तयार पारिएको छ । ललितपुरको अत्ति मनोरम देउराली डाँडामा दृष्यलाई सुन्दर एवम कलात्मक रुपमा देखाइएको छ । गीतको भिडियोलाई इशाक जबेगुले छायाँङकन तथा सम्पादन गरेका हुन । नेम बाबु तामाङको कोरियोग्राफि , हाङ चेम्जोङको निर्देशनमा रहेको भिडियोमा लोकप्रिय कलाकारहरु उमेश राई , बिमला खजुमको नृत्य एवम अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया