क्रान्ति सुब्बा

अप्रिल २ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,४७५
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २,२८६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २,१८९
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१५५,०८२

.आयातित केस संख्या : १८ जना जसमध्ये ४ जना संक्रमित फ्लाइट नम्बर EK384, २ जना सिंगापुर एयरलाइन्समा आएका थिए । प्रीभेन्सन एन्ड कन्ट्रोल डिजिज (रोग निवारण तथा नियन्त्रण अध्यादेश ) अध्यादेश धारा ५९९h सक्रिय पारी हङकङ सरकारले दुबई र बेङककबाट आउने यात्रुलाई १ हप्ताको लागि प्रतिबन्ध लगाएको छ।

.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ३४२
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ४०८
.टेस्टिङ सेन्टर र प्राइभेट ल्यावबाट आएको केस संख्या:१,५३६
.१,३१६ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा डेल्टा केस शून्य थान  भेटियो १,२६३ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ५३ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।
. नर्सिङ होमबाट  शुन्य नयाँ केस

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ७,८४८
.आज रिपोर्ट भएको  मृत्यु हुनेको संख्या :११६
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.हङकङको मृत्यु दर: ०.६८%

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : १०,१३८
.हाल क्रीटिकल बिरामीको संख्या : १५
.सिरियस बिरामीको संख्या : २७
.आइसियु रहेका संख्या : ७९

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या :९९
.मृत्यु हुने मानिस: ५९ जना पुरुष ४० जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४७ वर्ष देखि १०९ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ४२
.खोप नलाएका मृतकको संख्या : ५७
.तीन वटा खोप लगाएका मृतकको संख्या : २
.दोस्रो  खोप लगाएका मृतक संख्या : १८
.एक खोप लगाएका मृतक संख्या : २२
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ८९

कम उमेरका मृतक
.एक ५९ वर्षका क्यान्सर  रोगी पुरुष 
.एक ५७  वर्षका क्यान्सर रोगी पुरुष
.४७ वर्षका क्यान्सर रोगी पुरुष
.४९ वर्षकि क्यान्सर रोगी महिला

.डिस्चार्ज संख्या : १,४३९ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा २ जनामा पोजिटिभ देखिएको थियो र ३ जना नजिकका संपर्कमा परेका थिए ।
.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,२५५
.निको भएर ड्युटीमा फर्किएकाको संख्या :१९,०५६

बिए१ र बिए२ मिलेर बनेको नयाँ भेरिएन्ट कतिको खतरा ?

डाक्टर च्वाङ सुक क्वानले दुई जना बाहिरबाट आएका यात्रीले ओमिक्रोन भेरिएन्टको उपभेरिएन्ट बिए१ र बिए२ मिलेर बनेको अर्को नयाँ म्युटेसन भेरिएन्ट एक्सइ (XE) बोकेर आएको होइन भन्ने कुरा स्पष्ट पारिन। युनिभर्सिटी अफ हङकङको रिसर्च टिमसंग भएको कुराकानीमा गलत बुझाइ भएपछि गलत रिपोर्ट आएको उनले भनिन।

`फेब्रुअरी महिनामा २ वटा केस मध्ये एउटा जर्मनी र अर्को नेदरल्यान्डबाट हङकङ आएको थियो । दुबै केसको जिनोम सिकुएन्स हेर्दा यो एक्सइ (XE) भेरिएन्ट संग मेल खाएन । र ती दुई केस एयरपोर्टमा र क्वारेन्टाइन होटेलमा भेटिएका थिए र समुदाय भित्र घुसेको थिएन । त्यसकारण चिन्ता गर्ने स्थिति छैन ।´ सरकारी सल्लाहकार डेभिड हुइले भने ।

`विश्व स्वास्थ्य संगठनले पनि भर्खरै यो एक्सइ भाइरसको बारेमा विज्ञप्ति प्रकाशित गरेको छ र त्यसमा यो भाइरस अहिले नै चिन्ता मान्नु पर्ने स्थितिमा पुगेको छैन । हामीले यसको विकासलाई नजिकैबाट निगरानी गरिरहेका छौं भनेको थियो ।´ हुइले भने।

बिए.१ र बि.२ को जेनेटिक मटेरियल अर्थात आनुवांशिक पदार्थ मिसिएर बनिएको यो एक्सइ भेरिएन्ट बिए.२ भन्दा १०% बढी संक्रामक भएको तथ्य मार्च २९ को दस्तावेजमा प्रकाशित भएको थियो ।

यो भेरिएन्ट जनवरी १९ तारीख सर्वप्रथम युकेमा देखापरेको थियो । त्यसबेला देखि अहिलेसम्ममा युके भरिबाट ६३७ वटा केस रिपोर्ट गरिएको छ।

हङकङमा चौथो डोज खोप

हुइले शनिबार रेडियो कार्यक्रममा बोल्नेक्रममा अब अर्को हप्तामा खोपको चौथो खोपको व्यवस्थापनबारे पनि छलफल हुने बताए ।

उनको विचारमा चौथो खोप सर्वप्रथम ज्येष्ठ नागरिकको लागि उपलब्ध गराइनेछ। र तेस्रो खोप लगाइसकेकाले खोप लगाएको ३ देखि ६ महिनाभित्र चौथो खोप ग्रहण गर्न सक्छन।

कार्यकारी प्रमुख क्यारी लाम स्वयं एन्टि प्यान्डामिक सर्भिस व्याग वितरणमा

ढोका नखोल्नेको घरमा सूचना राख्दै लाम

हङकङकि राज्य प्रमुख स्वयं नागरिकको घरदैलोमा महामारी किटयुक्त झोला वितरण गर्न आफ्ना उच्च पदस्त कर्मचारीका साथमा गएकी छिन । अप्रिल २ तारीख बिहान १० बजेबाट हङकङको १८ जिल्ला कार्यलयले बितरण गर्न शुरु गरिएको यो २० थान मास्क , २० थान एन्टिजेन कीट भएको ३५ लाख वटा झोला एक हप्ता भित्र सम्पूर्ण हङकङ नागरिक को घरमा पुर्याइने लक्ष्य राखिएको छ। सरकारले दिएको जानकारी अनुसार अप्रिल २ तारीख शनिबार साँझ ६ बजे सम्ममा ११५ लाख ७० हजार थान झोलाहरु वितरणको लागि घर घरमा पठाइसकिएको थियो ।

अप्रिल २ तारीख शनिबार करिब २ बजे तिर क्यारी लाम स्वयं साइ वान हो स्थित भवनहरुमा महामारी विरुद्ध कीट भएको झोला वितरण गर्न होम अफेयर्सका कार्यबाहक मन्त्री ज्याक चानका साथमा गएकी थिइन। ” थ्री निल बिल्डिङस” मा बस्ने वासिन्दालाई उनले प्याकेज वितरण गरेकि हुन। तीन वटा अवयब नभएका भवनहरु थ्री निल बिल्डिङस भित्र पर्छन जस्तै १. फ्लाट मालिकहरुको कर्पोरेसन नभएको २. रेसिडेन्टहरुको संचालक समिति नभएको ३. कुनै प्रोपर्टी म्यानेजमेन्ट नभएको ।

तपाईको प्रतिक्रिया