क्रान्ति सुब्बा

अप्रिल ७ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,६४४
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १,३६८
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,२७६
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७०,६०४

.आयातित केस संख्या : १२ जना
.आयातित केसहरु सिंगापुर ,यु.ए.ए., थाइल्यान्ड ,साउथ अफ्रिका, युके, साउथ कोरिया र क्यानाडा ।



.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: २४२
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : २४७
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ८७९
.५०८ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा डेल्टा केस शून्य थान  भेटियो, ४९४ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। १४ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

.संक्रमित भएको नर्सिङ होमको संख्या : ७८७
.संक्रमित अनाथ आश्रमको संख्या : २९०

स्कुल कक्षाहरु यही अप्रिल १९ तारीखबाट सुचारु हुने भनिएकोछ त्यतिन्जेल सम्ममा  हङकङमा महामारीको अवस्था पनि  स्थिर भैसक्नेछ भन्ने कुरामा डाक्टर आउले विश्वास व्यक्त गरे । यदि कुनै विद्यार्थीमा लक्षण देखिए घरमै रयापिड टेस्ट गर्न उनले अनुरोध गरे।  यदि विद्यालयमा कसैलाई संक्रमित भैहालेमा  तुरुन्त स्वास्थ्य विभागलाई जानकारी गराउनुपर्नेछ । तर फेरि स्कुल  कक्षाहरु पुन  सुचारु गर्ने विषयमा शिक्षा व्यूरोसँग बिस्तृत छलफल जारी छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,३४४
.आज रिपोर्ट भएको  मृत्यु हुनेको संख्या : ९७
. ६० वर्ष माथिका मृतक : ९६%
.८० वर्ष माथीका मृतक : ७०.९%
.औसत मृत्यु दर : ०.७१%
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,७६९
.हाल क्रीटिकल बिरामीको संख्या : १२
.सिरियस बिरामीको संख्या : २१
.आइसियु रहेका संख्या : ७५

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ९०
.मृत्यु हुने मानिस: ५२ जना पुरुष ३८ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : २७ वर्ष देखि १०४ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ४८
.खोप नलाएका मृतकको संख्या : ४४
.एक खोप लगाएका मृतकको संख्या : २१
.दोस्रो  खोप लगाएका मृतक संख्या : १७
.३ खोप लगाएका मृतक संख्या : २
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ८५

कम उमेरका मृतक (२ जना)
.एक २७ वर्षका दमको रोग भएका पुरुष बिरामी
.५२ वर्षकि  ब्रेस्ट क्यान्सर भएकी महिला  विरामी  

.७ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ४ जना पुरुष , ३ जना महिला, वर्ष ७२ देखि १०० वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : १,४९१ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा १० जनामा पोजिटिभ देखिएको थियो र २० जना नजिकका संपर्कमा परेका थिए ।
.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,३६४
.निको भएर ड्युटीमा फर्किएकाको संख्या :१९,६०८

तपाईको प्रतिक्रिया