क्रान्ति सुब्बा

शहरव्यापी स्व परिक्षणबारे हङकङकि कार्यकारी प्रमुखको भनाइ सुन्न तल क्लिक गर्नुहोस

हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले अप्रिल ६ तारीखको दैनिक प्रेस सम्मेलनमा अप्रिल ८ देखि १० सम्म लगातार तीन दिन हुने  कोभिड-१९ र्यापिड एन्टिजेन टेस्ट (RAT) मा संलग्न भइदिन सम्पूर्ण जनसमुदायलाई आह्वान गरिन।

श्रीमती लामले अप्रिल ६ तारीख  बिहानको पत्रकार सम्मेलन मार्फत हङकङ सरकार सहरव्यापी परीक्षणको अभ्यासका लागि पूर्णरूपमा तयार रहेको बताइन ।

“वास्तवमा, समयको यो पलामा जनसमुदायका सम्पूर्ण सदस्यहरुलाई समेटदै यो रयापिड एन्टिजेन परिक्षण सम्पन्न गर्नुको एउटा मुल कारण भनेको  हामीलाई  हाम्रो  क्षमता माथि विश्वास भएर हो।” उनले भनिन।

“पछिल्लो दुई महिनाको अवधिमा महामारी विरुद्ध लडिएको युद्धको प्रत्येक तहमा केन्द्रीय जन सरकारको सहयोगका कारण हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले आफ्नो क्षमतामा उल्लेखनीय वृद्धि गरेको छ ।  परिणामस्वरूप दैनिक संक्रमित केसहरु स्वाट्टै घटेर तल झरेको छ।”
” यो तीन-दिनको दैनिक रयापिड एन्टिजेन टेस्टको अभ्यासबाट पोजिटिभ हुनेको संख्या जतिसुकै ठुलो भए पनि त्यसलाई सम्हाल्न  सक्षम छौँ भन्ने  कुरामा हामी विश्वस्त छौं।”

उनले यो अभ्यासको लागि भैपरी आउने  सबै आवश्यक ब्याकअपहरू तैनाथ रहेको पनि उल्लेख गरिन।

“एक, हामीसँग रयापिड  एन्टिजेन परीक्षण किटको पर्याप्त स्टक छ।  हामीले ३५ लाख  सर्भिस ब्याग वितरण गरेकोबेला जम्मा ७ करोड (र्यापिड एन्टिजेन टेस्ट) थान किटहरू वितरण गरिसकेका छौं। हामीले अझै विभिन्न सेवा स्टेशनहरूबाट थप सप्लाइहरु वितरण गर्नुपर्ने छ।

“दोस्रो, हामीसँग असल तरिकाले परिक्षित भैसकेको अनलाइन सेल्फ डिक्लेरेसन सिस्टम छ। यसले प्रति  घण्टा ६०,००० सेल्फ डिक्लेरेसन(केसहरू) लाई सम्हाल्न सक्छ।”
“तेस्रो, परीक्षणमा पोजेटिभ आएकाहरु जसलाई  घरमै बस्ने अनुमति दिइएको हुन्छ उनीहरुलाई चाहिने थप एन्टि एपिडेमिक झोलाहरु उनीहरू कहाँ पुरयाउने प्रभावकारी  डेलिभरी प्रणाली हामीसंग छ। सेवाको उत्कर्षमा मैदानमा खटिएका टोलीहरूले हरेक दिन ६०,००० सम्म झोलाहरू आवश्यक परेका परिवार समक्ष पुरयाउन सक्दछ्न। ”

कार्यकारी प्रमुखले यो स्व-परीक्षणको अभ्यास मार्फत पहिचान गरिएका कोभिड बिरामीहरुलाई राख्ने पर्याप्त उपचार र आइसोलेसन सुविधाहरु पनि हङकङसंग  रहेको कुरा महत्त्वका साथ बताइन।

“हामीसँग यथेष्ट कम्युनिटी आइसोलेसन सुविधाहरू छ कि छैन भनेर कसैले प्रश्न गरयो भने प्रशस्त छ भन्छु म।  केन्द्रिय सरकारको सहयोगमा निर्माण भएका २० हजार बेडहरु ६ वटा विभिन्न जग्गामा  छन।”

“त्यति मात्र होइन, आइसोलेसनको लागि घरमै बस्ने अनुमति पाएका मानिसहरुको सेवाको लागि हामीसँग बिशेष व्यवस्था छ । उनीहरुको लागि भनेर तोकिएका  २३ वटा  क्लिनिक छ्न। क्लिनिक आवतजावत गर्न र खाद्य तथा अन्य आवश्यक वस्तु पुर्‍याउन बिशेष किसिमको ट्याक्सी सेवा उपलब्ध गराइएको छ।

“र जो गम्भीर बिरामी छन जसलाई अस्पताल भर्ना गर्नै पर्ने अवस्था छ उनीहरुको लागि अस्पताल प्राधिकरण अन्तर्गतका अस्पतालहरूमा बेडहरु उपलब्ध छ्न।

“ कोभिड बिरामीहरुको प्रतीक्षामा हाम्रा बेडहरु बसिरहेका छन। हाम्रो क्षमता बारे तपाईंले  चिन्ता गर्नुपर्दैन। हामीसँग क्षमता छ । त्यसैले हामी यो अर्थपूर्ण र उपयोगी अभ्यासको लागि  अगाडि बढिरहेका छौं।” लामले भनिन।

तपाईको प्रतिक्रिया