काठमाण्डौं।
नीमा एकेडेमीद्वारा दूर शिक्षा सँगको सहकार्यमा ल्याईएको डिजिटल बन्डल कोर्ष जुनियर मेगा माईण्ड ( डिजिटल बन्डल पाठ्यक्रम ) आइतवार काठमाण्डौंको होटेल हिमालय कुपन्डोलमा एक कार्यक्रममा माझ सार्वजनिक गरिएको छ ।

नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय व्यस्थापन विभागका डिन प्रोफेसर डाक्टर डिल्ली राज शर्मा प्रमुख अतिथीको रुपमा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै नीमा एकेडेमीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले भने ” यो जुनियर मेगामाईण्ड कार्यक्रमले स्टिम कोर्स [STEAM COURSE] लाई साना वालवालिकाहरुको अवधारणा विकास गर्नमा मद्दत गर्ने र पछि विद्यार्थीहरुलाई आफ्नो अभिरुचि अनुसारको क्षेत्र पहिल्यान पनि सहज गराइदिने कुरा अवगत गराउनु भयो ।

साथै दुरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेले पनि सारा विश्वले यो कोर्स लागु गरिसकेको र नेपालले पनि अब लागु गर्नुपर्छ भन्नुभयो । सानै उमेरको स्कुले जीवनबाट नै विद्यार्थीहरुले जीवनोपयोगी सिपहरु सिक्नुको विकल्प नरहेको उहाँले बताउनु भयो।

प्याप्सनका अध्यक्ष डी. के. ढुंगाना डिजिटल रुपान्तरण अबको आवश्यकताका बारेमा बोल्दै कोभिडले पनि ई-सिकाइमा हामीलाई धकेलेको कुरा स्मरण गराउनु भयो । यसैगरी एन प्याप्सनका सह-अध्यक्ष सुवास न्यौपानेले शिक्षालाई जीवन जगत र प्रबिधि तर्फ जोडन पर्ने कुरामा जोड गर्नु दिनु भयो।

आई. टी. इनोभेसन सेन्टरका निर्देशक, त्रिभुवन विश्वविध्यालयका सल्लाहकार तथा नेपाल सरकार सूचना प्रविधि समितिका प्राध्यापक डा. सुबर्ण शाक्यले ई-लर्निङ्ग नै अब को भविष्य हो र यसले कोभिडमा मात्रै नभएर भैपरि आउदाका अवस्थाहरुमा र डिजिटल विश्वका लागि यो अबको टडकारो आवश्यकता हो उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध बिभागका कार्यकारी निर्देशक प्राध्यापक विनोद जोशीले प्रबिधिमैत्री शिक्षालाई गाउँगाउँ दूरदराजमा समेत सहजै पुर्याउन सके अझ नीमा एकेडेमी एपको प्रभावकारिता बढने कुरा उल्लेख गर्दै शुभकामना मन्तब्य दिनु भएको थियो।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका डिन प्राध्यापक डाक्टर डिल्ली राज शर्माले सफलताको शुभकामना दिदै पाठ्यक्रमलाई नै स्तरोन्नति गर्नु पर्ने कुरामा जोड दिनु भयो।

र अन्त्यमा बोल्ने क्रममा नीमा एजुकेशन फाउन्डेसनका प्राज्ञिक निर्देशक मोहन घिमिरेले ४ वर्ष अगाडि नीमा एकेडेमी एप्लीकेशनको सुरुवाती दिनहरु स्मरण गराउँदै अबको परिवर्तन डिजिटल शिक्षाका साथमा भन्ने आशय दिदै उहाँले कार्यक्रमको समापन गर्नु भयो । कार्यक्रममा शिक्षासंग सम्बद्ध विभिन्न व्यक्तित्व , पत्रकार , शिक्षाविद साथै विभिन्न विद्यालय हरुका प्राधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया