क्रान्ति सुब्बा

अप्रिल १४ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,०४३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ५७९
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ४६४
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८२,७०७

.आयातित केस संख्या : २३ जना
.आयातितमा १५ जना हिजो बुधबार हङकङ  आएका थिए ।
.अप्रिल ६ तारीख एक २४ वर्षका पुरुष इथोपियन एयरलाइन्स फ्लाइट नम्बर ET६०८ मार्फत हङकङ आएका थिए । परिक्षण पश्चात उनमा नयाँ सब भेरिएन्ट बिए.५  देखिएको थियो । उनले अप्रिल ९ तारीख आफुलाइ अस्वस्थ महसुस गरेका थिए तर ऊनी निको भैहाले।
.विश्व स्वास्थ्य संगठन(WHO) ले हालै उच्च संक्रामक क्षमता भएको ओमिक्रोनको दुई वटा नयाँ एडिसन जसलाई बिए.४ र बिए.५ भनिन्छ – लाई अवलोकन गरिरहेछ। संगठनले यो भन्दा अगाडि ओमिक्रोन कै अर्को दुई उप संस्करण बिए.१.१ र बिए.३ लाई पनि भिरिएन्ट अफ इन्टेरेस्टमा राखेको थियो ।

.आज पुष्टि ५७९ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ११८
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १५१
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ३१०
.३४३ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । ३३७ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ६ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,७८९ (महिला :३,६१० र पुरुष : ५,१७९)
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५४
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.औसत मृत्यु दर: ०.७४

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ८,७०२
.हाल क्रीटिकल बिरामीको संख्या : ७ (४ जनाले खोप लाएका छैनन)
.सिरियस बिरामीको संख्या : १३
.आइसियु रहेका संख्या : ५८

मृत्यु विवरण
.गत २४ घन्टामा सरकारी अस्पतालमा बितेका मृतक संख्या : ३३
.मृत्यु हुने मानिस: १७ जना पुरुष १६ जना महिला
.मृत्यु हुनेको उमेर समुह : ५७ वर्ष देखि १०१ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १८
.खोप नलाएका मृतकको संख्या : २५
.एक खोप लगाएका मृतकको संख्या : ८
.दोस्रो  खोप लगाएका मृतक संख्या : ०
.३ खोप लगाएका मृतक संख्या : ०
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ३२

कम उमेरका मृतक (१ जना)
.एक ५७  वर्षका पुरुष जो कलेजो सम्बन्धि समस्या र क्यान्सर पीडित  थिए ।
.२१ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ८ जना पुरुष ,१३ जना महिला  वर्ष ८० देखि १०२ बीचका थिए ।

.डिस्चार्ज संख्या : १,५०७ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ३ जनामा पोजिटिभ देखिएको थियो र ३ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २१,७६९
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २०,०७८

तपाईको प्रतिक्रिया