क्रान्ति सुब्बा

अप्रिल १८ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६१३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३१६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २९७
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८५,८०७


.आयातित केस संख्या : १३ जना
.४ जना इस्ताम्बुल हुदै फ्रान्सबाट टुर्किस फ्लाइट नम्बर TK083 मार्फत आएका थिए ।
.१ जना मलेसिया एयरलाइन्स फ्लाइट नम्बर MH072 मार्फत क्वालालम्पुरबाट  आएका थिए । मलेसिया एयरलाइन्स मार्फत तीन जना भन्दा बढी संक्रमित यात्रु हङकङ आएका थिए ।
.एउटा फ्लाइटमा तीन जना भन्दा बढी संक्रमित यात्रु आएमा रोग नियन्त्रण तथा निवारण ऐन धारा ५९९H अनुरुप संबंधित स्थानबाट आउने फ्लाइटलाई एक हप्ताको लागि रोक्का गर्ने प्रावधान रहेको छ। सोही अनुसार क्वालालम्पुरबाट आउने मलेसिया एयरलाइन्स र इस्तानबुलबाट आउने तुर्किस एयरलाइन्सलाई १९ अप्रिलबाट २५ अप्रिलसम्म हङकङ अवतरण हुन मनाही गरिएको छ।

.आज पुष्टि ३१६ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६६
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ४८
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: २०२
.२४८ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । २४१ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ७ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ८,३१५
.हाल क्रीटिकल बिरामीको संख्या : १
.सिरियस बिरामीको संख्या : ३
.आइसियु रहेका संख्या : ४९

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,९४६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २०
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.६० वर्ष भन्दा माथिको मृत्यु हुनेको संख्या : ९६.१%
.औसत मृत्यु दर: ०.७५%
.खोप नलाएका कुल मृतक: ७२.७%

मृत्यु विवरण
.गत २४ घन्टामा सरकारी अस्पतालमा बितेका मृतक संख्या : १७
.मृत्यु हुने मानिस: ९ जना पुरुष ८ जना महिला
.मृत्यु हुनेको उमेर समुह : ५० वर्ष देखि ९७ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ६
.खोप नलाएका मृतकको संख्या : १०
.एक खोप लगाएका मृतकको संख्या : ५
.दोस्रो  खोप लगाएका मृतक संख्या : १
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : १४

कम उमेरका मृतक (१ जना)
.एक ५० वर्षका  दीर्घ रोगी पुरुष

.३ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ३ जना पुरुष  ७१ देखि ८३ बीचका थिए ।

.डिस्चार्ज संख्या : ४०८ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ४ जनामा पोजिटिभ देखिएको थियो र ५ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २१,८३३
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २०,८२२

.साथै हङकङका स्कुलहरु भोलि( १९ अप्रिल ) देखि पुन परिचालन हुने जानकारी अस्पताल प्राधिकरणले दिएकोछ। निर्धारित कोभिड क्लिनिकहरुले संक्रमित विद्यार्थीको लागि कोटा छुट्याउने भएको छ र टेलीफोन सेवाबाट आवश्यक सहयोग गर्ने भएको छ।

तपाईको प्रतिक्रिया