क्रान्ति सुब्बा

अप्रिल २० तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६६८
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३३०
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३३८
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१९९,०३८

.आयातित केस संख्या : १३ जना

.९ जना एयरपोर्टमा पत्ता लागेका थिए , जो भारत , पाकिस्तान र थाइल्यान्डबाट आएका थिए ।

.आज पुष्टि ३३० केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ९३
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ६४
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: १७३
.२०६ वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए। १९९ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटिएको थियोे । ७ वटा केसको भाइरल लोड कम भएका कारण भेरिएन्ट खुट्याउन सकिएन।


.आज बिहानसम्मको रिपोर्ट  अनुसार हङकङ आइल्यान्डको ४१  ,काउलुन जिल्लाको ७० र न्यु टेरिटोरिको ७६ गरि जम्मा १८७ स्कुलहरुबाट एउटा पनि केस आएन। तर आज एक जना शिक्षक र तीन विभिन्न स्कुलका तीन जना विद्यार्थीमा पोजिटिभ देखियो। ती चार जना अन्यत्र कतै पोजिटिभ भएका थिए र उनिहरु स्कुल गएनन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,९७३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १०
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.औसत मृत्यु दर: ०.७६%
.खोप नलाएका मृतक : ७२.६%
.खोप नलाएका विरामीको मृत्यु दर :३.०२%

मृत्यु विवरण
.गत २४ घन्टामा सरकारी अस्पतालमा बितेका मृतक संख्या : १०
.मृत्यु हुने मानिस: ६ जना पुरुष ४ जना महिला
.मृत्यु हुनेको उमेर समुह : ५७ वर्ष देखि १०० वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ३
.खोप नलाएका मृतकको संख्या : १०
.एक खोप लगाएका मृतकको संख्या : २
.दोस्रो  खोप लगाएका मृतक संख्या : ३
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ९
कम उमेरका मृतक
.एक ५७ वर्षकि क्यान्सर रोगी महिला

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : २,८२९
.हाल क्रीटिकल बिरामीको संख्या : ३
.सिरियस बिरामीको संख्या : ७
.आइसियु रहेका संख्या : ४४

.डिस्चार्ज संख्या : ८७३ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ७ जनामा पोजिटिभ देखिएको थियो र १२ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २१,९६०
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २१,०२८

तपाईको प्रतिक्रिया