काठमाडौं / गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार नखिपोट – ललितपुरको युङचा हिम रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गायक राजेश पायल राईले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन ।

पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगीत रहेको गीतको भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी तथा व्यवसायी त्रिभुवन लुम्फुङवा लिम्बु र सोना पालुङवा रहेका छन । विगत लामो समय देखी हङकङमा कार्यरत तथा गीतकार समेत रहेका त्रिभुवन लुम्फुङवा लिम्बुले यसै गीतबाट कलाकारिताको यात्रा तय गरेका छन ।

तरुण युुवा युवतीको पहिलो भेट मायामा परिणत भई विवाहको मगनीसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शक श्रोताको मन जित्ने कुरामा आफु विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए ।

थैली ईन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको यस भिडियोमा सहायक कलाकारको रुपमा संगीता लावती ,बिष्णु मोक्तान,टीआर सेनेहाङ, रविकिरण लिम्बु,फिपराज थुलुङ,रितुराज लिम्बु, दुर्गा तेयुङ लगायत छन भने दिनेश माङमुको सहायक निर्देशन ,कृष्ण सुवेदीको श्रृङगार रहेको छ।

भिडियो निर्माणका लागी किराँत याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेरबहादुर लक्सम्बा, हङकङ तेह्रथुम मंचका उपाध्यक्ष हिम सिंगक, चलचित्र निर्माता पृथ्वी ईङनाम र किराँत याक्थुङ चुम्लुङ हङकङका सदस्य रेजिन साँवाले सहयोग गरेका छन । म्युजिक भिडियोको छायांकन तेह्रथुमको पर्यटकीय स्थल चोःलुङ पार्क, तिन्जुरे,गुफापोखरी लगायतका क्षेत्रमा गरिएको छ।

लिंक:

तपाईको प्रतिक्रिया