क्रान्ति सुब्बा

अप्रिल २२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५७४
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २९०
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २८४
.पाँचौ लहरबाट संक्रमित संख्या : १,२००,९०८
.आयातित केस संख्या : ११ जना
.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : ७ जना जसमध्ये ४ जना फ्लाइट नम्बर CX100 मार्फत अष्ट्रेलियाबाट  आएका थिए । बाकी तीन जना क्रमशः क्यानाडा ,युके र मेक्सिकोबाट आएका थिए ।
.क्वारेन्टाइन होटेलमा पोजिटिभ भएका : ३ जना जो क्रमशः  कोरिया,अमेरिका, फ्रान्सबाट आएका थिए । र अर्का एक जना विरामी इन्डोनेशियाबाट आएका थिए ।

.आज पुष्टि २९० केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ७४
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ५४
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: १६२
.१७६ वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए। १७३ केसमा ओमिक्रोन भेरिएन्ट भेटिएको थियोे । ३ वटा केसको भाइरल लोड कम भएका कारण परिक्षण हुन सकेन।

.आज बिहानसम्मको रिपोर्ट  अनुसार हङकङका १ जना जना विद्यार्थी रयापिड टेस्ट मार्फत पोजिटिभ भएका थिए । हङकङ आइल्यान्डका ६७ , काउलुन जिल्लाको ११२ र न्यु टेरिटोरिको १२० गरि जम्मा २९९ स्कुलहरुमा प्रत्यक्ष आमनेसामने कक्षा आजसम्ममा संचालन भैसकेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०१४
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १५
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : १५
.१ जना ९३ वर्षका बिरामीको देहावसान केहि समय अघि भएको थियो ।
.बाकी रहेका १४ जनाको मृत्यु  गत २४ घन्टामा  भएको थियो जसमा ७५ वर्ष देखि १०३ वर्ष बीचका ८ जना पुरुष र ६ जना महिला थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ०
.खोप नलाएका मृतकको संख्या : ४
.एक खोप लगाएका मृतकको संख्या : ७
.दोस्रो  खोप लगाएका मृतक संख्या : २
.३ खोप लगाएका मृतक संख्या : १

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : २,३८२
.हाल क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : ६
.आइसियु रहेका संख्या : १९

.डिस्चार्ज संख्या : २४४( गत २४ घन्टामा)
.निको भएका : ३७७ जना
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा १ जनामा पोजिटिभ देखिएको थियो र ५ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,१८३
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २१,६१०

तपाईको प्रतिक्रिया