क्रान्ति सुब्बा

अप्रिल २१ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६२८
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३१७
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३११
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८७,७०३
.आयातित केस संख्या : २५ जना
.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : १६ जना
.क्वारेन्टाइन होटेलमा पोजिटिभ भएका : ९ जना
.आयातितमा थाइल्यान्डबाट ६ जना , युकेबाट ४ जना, साउथ कोरियाबाट ३ जना, पाकिस्तानबाट ३ जनार सिंगापुरबाट ३ जना आएका थिए भने वाकी संक्रमित अमेरिका, अष्ट्रेलिया ,युएइ,क्यानाडा , मलेसिया र जर्मनीबाट आएका थिए ।

.आज पुष्टि ३१७ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६४
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ४८
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: २०५
.१५३ वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए। सबै केसमा ओमिक्रोन भेरिएन्ट भेटिएको थियोे ।

.खाद्य तथा स्वास्थ्य उप सचिव डाक्टर चुइ ताक यीले आज अर्थात अप्रिल २१ तारीखबाट सामाजिक दुरिका नियमहरु खुकुलो भएकोले सबैलाई होशियारी अपनाउन अनुरोध गरे।
तेस्रो फेजको भ्याक्सिन पास आउदो मे महिनाको ३१ तारीखबाट  लागू हुदैछ। तेतिन्जेल सम्ममा सम्पूर्ण योग्य व्यक्तिले भ्याक्सिनको तेस्रो डोज लगाइसक्नु पर्ने छ।
डाक्टर चुइले ज्येष्ठ नागरिक कहाँ पुग्ने गरि   ५ लाख थान टेस्टिङ किटहरु वितरण भैसकेको बताए ।

.आज बिहानसम्मको रिपोर्ट  अनुसार हङकङका ६ वटा  स्कुलका ५ जना शिक्षक र २ जना विद्यार्थी रयपिड टेस्ट मार्फत पोजिटिभ भएका थिए । हङकङ आइल्यान्डको ५५ , काउलुन जिल्लाको ९३ र न्यु टेरिटोरिको १०२ गरि जम्मा २५० स्कुलहरुमा प्रत्यक्ष आमनेसामने कक्षा अहिलेसम्ममा संचालन भैसकेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,९९९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २६
.तीन जना मृतक सार्वजनिक शवालयबाट आएका थिए जसमा ७२ देखि ८५ वर्षका बीचका २ जना पुरुष र १ जना महिला परेका थिए । ती सबै दीर्घ रोगी क्रमशः मार्च १० , अप्रिल २ र १० तारीख स्वर्ग गएका थिए ।
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : २३
.५ जनाको मृत्यु  १८ र १९ अप्रिलमा भएको थियो ।
.बाकी रहेका १८ जनाको मृत्यु  गत २४ घन्टामा  भएको थियो जसमा ५९ वर्ष देखि ९८ वर्ष बीचका ११ जना पुरुष र ७ जना महिला थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ४
.खोप नलाएका मृतकको संख्या : ९
.एक खोप लगाएका मृतकको संख्या : ३
.दोस्रो  खोप लगाएका मृतक संख्या : ६
.३ खोप लगाएका मृतक संख्या : ०
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : १५
कम उमेरका मृतक
.एक ५९ वर्षका क्यान्सर रोगी पुरुष

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : २,५८३
.हाल क्रीटिकल बिरामीको संख्या : ६
.सिरियस बिरामीको संख्या : ८
.आइसियु रहेका संख्या : ४६

.डिस्चार्ज संख्या : २९८( गत २४ घन्टामा)
.निको भएका : ४०५ जना
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा २ जनामा पोजिटिभ देखिएको थियो र ४ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,०१३
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २१,०९१

तपाईको प्रतिक्रिया