अष्ट्रेलिया / नयाँ बर्ष २०७९को अवसर पारी सुदूरपश्चिम समाज अष्ट्रेलियाले अष्ट्रेलियाको सिडनीमा आयाजेना गरेको चर्चित नेपाली गायक, गायिकाहरु सम्मिलित संस्कृतिक तथा मनोरञ्जन कार्यक्रम न्यु यर धमाका २०७९ भव्यरुपमा सम्पन्न भएको छ ।

स्थानीय मेयर निका कार्टिश प्रमुख अतिथि रहेको कार्यक्रममा चक्र बम, डिल्ली फोम्बो , शिव परियार, ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार लगायतका चर्चित नेपाली गायक- गायिकाहरुले आफ्ना चर्चित गीतहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा उनीहरुका साथै अस्ट्रेलियामा रहेका स्थानीय कलाकारहरु पनि सहभागी जनाएको थिए । कार्यक्रम मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि बिजेता तथा चर्चित मोडल , कोरियोग्राफर प्रियारानी लामाले संचालन गरेकी थिइन। प्रियारानी लामाको कोरियोग्राफीमा स्थानीय मोडलहरुले कल्चरल ड्रेसमा र्याम्पमा क्याटवाक समेत गरेका थिए।

कार्यक्रममा सुदूरपश्चिमका देउडा भाका, छलिया नाच लगायतका कला प्रस्तुत गरिएका थिए । पुर्व देखि पश्चिमको कलाकारहरु सम्मिलित गरि आयोजना गरिएकोले कार्यक्रम भब्य र उल्लासमयरुपमा सम्पन्न भएको थियो। सुदुरपश्चिम समाजका अध्यक्ष मोहन देव भट्टका अनुसार कार्यक्रममा एक हजार भन्दा बढी दर्शकहरुले सहभागी जनाउँदै नयाँ वर्षको शुभकामना सहितको नेपालीहरुको एकताको भावना साटेका थिए।

माराना अडिटेरियममा आयोजित कार्यक्र्ममा सहभागीलाई सहजीकरणका साथै भरपर्दो सुरक्षा व्यवस्था सहित कार्यक्रम सफल पूर्वक समापन गरिएको वाउ एवेंट्स एण्ड इन्टरटेनमेन्टका म्यानेजिङ डाइरेक्टर राकेश जोशीले बताए ।

नेपालबाट आएका कलाकारहरु डिल्ली फोम्बो ,शिव परियार,तृष्णा गुरुङ र मिलन नेवारले मेलबर्नको लब मेसिन कल्बमा आयोजित अर्को कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिएका थिए।

तपाईको प्रतिक्रिया