अप्रिल २८ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४१३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २०६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०७
.कुल संक्रमित संख्या : १,२०३,४८१(वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : २४ जना
.आयातित मध्येमा १९ जना न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेका हुन भने ५ जना रयापिड एन्टिजेन टेस्ट मार्फत पत्ता लागेका हुन। ७ जना हिजो आइपुगेका थिए निम्न ४ वटा फ्लाइटबाट क्रमशः CH170,TR980,AC007 र ET608  । अन्य ७ जना पहिल्यै आएका थिए ।

.आज पुष्टि २०६ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६८
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : २५
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ११३
.९५ वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए। ८९ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटिएको थियो । ६ वटा केसको भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।
.एक जना ४० वर्षका आयातित केसमा ओमिक्रोन सब भेरिएन्ट बिए.५ देखिएको छ। उनले जर्मन उत्पादित कोमिनार्टी खोपको दुई मात्रा लगाएका थिए। उनी फ्लाइट नम्बर QR818 मार्फत साउथ अफ्रिकाबाट दोहा हुदै अप्रिल २३ तारीख हङकङ आएर रिगल स्काइ सिटि होटेलमा बसेका थिए । उनमा कुनै लक्षण देखिएको थिएन । हङकङमा पत्ता लागेको यो दोस्रो बिए.५ ओमिक्रोन भेरिएन्ट हो। तर हालसम्म यो उप भेरिएन्ट कम्युनिटी स्तरमा फैलिएको छैन ।

.आज १० थान नयाँ संक्रमित केस  स्कुलहरुबाट आएको छ। जस अन्तर्गत ७  वटा केस रयापिड एन्टिजेन टेस्टबाट र ३ वटा न्युक्लिक टेस्टबाट आएका हुन। जसमा ९ जना विद्यार्थी र १ जना शिक्षक परेका छ्न।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : १,६२५
.हाल क्रीटिकल बिरामीको संख्या : ०
.सिरियस बिरामीको संख्या : २
.आइसियु रहेका संख्या : ११

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०७४ (३,७४१ महिला र ५,३३३ पुरुष )
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : ५
.गत २४ घन्टामा मृत्यु हुनेमा ६० वर्ष देखि ९५ वर्ष बीचका ५ जना पुरुष र १ जना महिला थिए । ४ जना मृतक ६५ वर्ष माथिका थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ३
.खोप नलाएका मृतकको संख्या : ४
.एक खोप लगाएका मृतकको संख्या : ०
.दोस्रो  खोप लगाएका मृतक संख्या : १
.३ खोप लगाएका मृतक संख्या : ०

.डिस्चार्ज संख्या : १६५ ( गत २४ घन्टामा)
.निको भएका : २४३ जना
.अस्पताल भर्ना हुने क्रममा एक जना पोजिटिभ पुष्टि भएका थिए भने १ जना घनिष्ठ संपर्क सुचीमा परेका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,४४३
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,०१०

तपाईको प्रतिक्रिया