क्रान्ति सुब्बा

अप्रिल २९ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३६६
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १९६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७०
.कुल संक्रमित संख्या : १,२०३,८४७(वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : १४ जना
.आयातित मध्येमा ८ जना हिजो एयरपोर्टमा पुष्टि भएका   हुन। जसमा केहि केस क्याथे प्यासिफिकसंग संबंधित थिए । ३ वटा केस फ्लाइट नम्बर CX270 बाट , एउटा केस फ्लाइट नम्बर CX104 र एउटा केस फ्लाइट नम्बर CX363 बाट आएका थिए । अन्य चार जना एमिरेटस फ्लाइट EK384 मार्फत आएका थिए । बाकी रहेका सबै पहिल्यै हङकङ अवतरण भएका यात्रुहरु परेका छ्न ।र सबै जना हङकङ झरेको तीन देखी पाँच दिन भित्र पत्ता लागेका केस थिए ।

.आजसम्ममा जम्मा ६२५ वटा स्कुलहरु संचालनमा आइसकेका छ्न। आज स्कुलसंग संबंधित जम्मा ९ वटा संक्रमित केस रिपोर्ट भएको छ। जसमा ७ वटा स्कुलका  जना विद्यार्थी र २ जना शिक्षक परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०८५ (३,७४६ महिला र ५,३३९ पुरुष )
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ६
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : ६
.गत २४ घन्टामा मृत्यु हुनेमा ७१ वर्ष देखि ९६ वर्ष बीचका २ जना पुरुष र ४ जना महिला थिए । सबै  मृतक ६५ वर्ष माथिका थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : २
.खोप नलाएका मृतकको संख्या : ३
.एक खोप लगाएका मृतकको संख्या : २
.दोस्रो  खोप लगाएका मृतक संख्या : ०
.३ खोप लगाएका मृतक संख्या : १

.अस्पताल भर्ना भएका बिरामीको संख्या :१,५३०
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : ८
.अस्पताल भर्ना हुने क्रममा २ जना पोजिटिभ पुष्टि भएका थिए भने २ जना घनिष्ठ संपर्क सुचीमा परेका थिए ।
.निको भएका बिरामीको संख्या : २०५
.डिस्चार्ज भएका बिरामीको संख्या : १४८

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,४६७
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,०५२

तपाईको प्रतिक्रिया