काठमाडौँ, बैशाख १७ गते । चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउनमा प्रदर्शनमा आउने भएको छ भने चलचित्रको पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । लेडिज एक्सन चलचित्रले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभयो । २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गर्दै हुनुहुन्छ ।

ओम साई भक्त मुभी प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवि गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बीसी, याङशु श्रेष्ठ, विन्दीया ठकुरी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खडगी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ ।

चलचित्रमा निर्देशक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायाङ्कन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको सङ्गीत, हरि उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बूको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया