क्रान्ति सुब्बा

मे ३ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९०
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १३२
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १५८
.कुल संक्रमित संख्या : १,२०५,०८३ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३२५
.आयातित केस संख्या : २१ जना
.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १३ । जसमा २ जना मलेसियाबाट फ्लाइट नम्बर CX324 मार्फत , ३ जना स्विजरल्याण्ड, युके,जर्मनीबाट  फ्लाइट नम्बर CX288 मार्फत,६ जना युकेबाट फ्लाइट नम्बर QR 818 मार्फत ,२ जना सिंगापुरबाट फ्लाइट नम्बर SQ894 मार्फत आएका थिए । आयातित ६ वटा केस क्वारेन्टाइन अवधिमा पत्ता लागेको थियो । उनीहरु मध्येमा एकजना ताइवानबाट, १ जना अमेरिकाबाट, एक जना फ्रान्सबाट ,एकजना सिंगापुरबाट , एकजना स्पेनबाट , दुइजना युकेबाट र अष्ट्रेलियाबाट आएका थिए । 

.नयाँगरि पुष्ठि भएका १३२ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या :२७
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : २३
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ८२
.७५ केसको जिनोम अनुक्रम जाँच गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ७३ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल लोड यथेष्ट नभएपछि दुईवटा  केसको नतिजा अनिश्चित भयो।

.आजबाट किन्डरगार्टेन र हाइ स्कुल गरेर करिब २,००० वटा पाठशालाले फेस टु फेस कक्षा संचालन गरेको छ। विभिन्न स्कुलबाट ४५ जना पोजिटिभ केस आएका छ्न। जसमा १८ जना आज विहान पोजिटिभ भएका थिए भने बाकी घरमै टेस्ट गर्दा पोजिटिभ भएका थिए । जसमा ३८ जना रयापिड विधि मार्फत पोजेटिभ भएका थिए भने ७ जना न्युक्लिक एसिड परिक्षणबाट पोजिटिभ भएका थिए । जम्मा जम्मी ४२ वटा स्कुलका ३७ जना विद्यार्थी ८ जना शिक्षणमा संलग्न कर्मचारी परेका थिए । पोजिटिभ हुनेमा ३ जना किन्डरगार्टनबाट ,२३ जना प्राइमरी स्कुलबाट ,१४ जना हाइ स्कुलबाट र २ जना सुस्त मनस्थिति स्कुलबाट परेका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,११२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ७
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा सोमबार  बितेका मृतक संख्या : ६
.गत २४ घन्टामा मृत्यु हुनेमा ७५ वर्ष देखि ९५ वर्ष बीचका ४ जना पुरुष र १ जना महिला थिए । सबै मृतकले भ्याक्सिन लगाएका थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : १,२५०
.क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : ७
.अस्पताल भर्ना हुने क्रममा १ जना पोजिटिभ पुष्टि भएका थिए भने १  जना घनिष्ठ संपर्क सुचीमा परेका थिए ।
.निको भएका बिरामीको संख्या : ९६ (गत २४ घन्टामा)
.डिस्चार्ज भएका बिरामीको संख्या : ४२

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,५०४
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,१०४

तपाईको प्रतिक्रिया