क्रान्ति सुब्बा

मे ४ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३१३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११२
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०१
.कुल संक्रमित संख्या : १,२०५,३९६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३२८
.आयातित केस संख्या : २२ जना
.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७ । जसमा ३ जना क्रमशः स्पेन,फ्रान्स र युकेबाट फ्लाइट नम्बर CX360 मार्फत , २ जना सिंगापुरबाट  फ्लाइट नम्बर TR980 मार्फत, १ जना जर्मनीबाट  फ्लाइट नम्बर SQ882 मार्फत ,१ जना इन्डियाबाट फ्लाइट नम्बर A1314 मार्फत आएका थिए । आयातित १३ वटा केस क्वारेन्टाइन अवधिमा पत्ता लागेको थियो । उनीहरु मध्येमा ३ जना युकेबाट, २ जना सिंगापुरबाट, २ जना अष्ट्रेलियाबाट , ३ जना इन्डिया अमेरिका र फिलिपिन्सबाट आएका थिए ।  आयातितभित्र थाइल्यान्ड ,क्यानाडा ,इन्डोनेसिया , जापानबाट आउने पनि परेका थिए ।

.नयाँगरि पुष्ठि भएका ११२ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या :२३
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : २०
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ६९
.७९ केसको जिनोम अनुक्रम जाँच गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ७४ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल लोड यथेष्ट नभएपछि ५ वटा  केसको नतिजा अनिश्चित भयो।

.आजबाट किन्डरगार्टेन र हाइ स्कुल गरेर करिब २,२०० वटा पाठशालाले फेस टु फेस कक्षा संचालन गरेको छ। विभिन्न १७ वटा  स्कुलबाट १७ जना पोजिटिभ केस आएका छ्न आज । जसमा १२ जना  विद्यार्थी र ५ जना शिक्षक परेका छ्न। पोजिटिभ हुनेमा २ जना किन्डरगार्टनबाट ,८ जना प्राइमरी स्कुलबाट र बाकी ७ जना  हाइ स्कुलबाट  परेका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,११५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा सोमबार  बितेका मृतक संख्या : ३
.१ जना पुरुष बिरामीको मृत्यु मे १ तारीख भएको थियो ।
.गत २४ घन्टामा मृत्यु हुनेमा ८५ वर्ष देखि ९० वर्ष बीचका १ जना पुरुष र १ जना महिला थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १
.१ जनाले खोप लगाएका थिएनन। १ जनाले एक डोज खोप लाएका थिए । कम उमेरका मृतकमा एक जना ५९ वर्षका मधुमेह र दीर्घ रोगबाट पीडित परेका थिए ।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : १,१७०
.क्रीटिकल बिरामीको संख्या : ३
.सिरियस बिरामीको संख्या : ३
.आइसियुमा कृटिकल बिरामीको संख्या : ७
.अस्पताल भर्ना हुने क्रममा २ जना पोजिटिभ पुष्टि भएका थिए भने ३ जना घनिष्ठ संपर्क सुचीमा परेका थिए ।
.निको भएका बिरामीको संख्या : १४६ (गत २४ घन्टामा)
.डिस्चार्ज भएका बिरामीको संख्या : १०६

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,५२१
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,१२७

तपाईको प्रतिक्रिया