काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्व माझ अझै उजागर हुनेगरि ‘प्रवद्र्धनात्मक कार्यक्रम’ल्याउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् ।

सरकारकय प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस कार्यक्रमलाई प्रभावकारी हुने गरि अघि बढाउन सार्वजनिक सूचनाजारी गरि सहयोग जुटाउन हुलाक सेवा विभाग र सम्बन्धित निकायलाई सचेत पनि गराए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित हुलाक टिकट प्रकाशन समारोहमा बोल्दै उनले भने, ‘नेपालको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यहरुको देश, विदेशमापहिचान गराउनहुलाक टिकट प्रकाशन गरेर जुनभूमिका खेल्दै आइएको छ, त्यस्ता परम्परा र अभ्यासहरुलाई निरन्तरता दिँदै नेपालको भाषा, जाति, धर्म, संस्कृति, पर्यटकीय गन्तव्यहरुको विश्वमाझथप परिचय गराउने काममा हुलाक सेवा विभागले प्रर्वद्धनात्मक कार्यक्रमल्याउन सबै पक्षको सहयोग जुटाउन पहलगर्नु पर्दछ ।’

मन्त्री गुरुङले नेपालको भाषा, संस्कृति, परम्परा, पर्यटकीय गन्तव्य, धर्म र संस्कृतिको विश्वमा नै पहिचान हुने गरि हुलाक टिकट टाँचा लगाउने अभ्यास र परम्परा रहीआएको स्मरण गराउँदै ती परम्पराको निरन्तरतामाअझै जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा मन्त्री गुरुङले लुम्बिनी क्षेत्रको आध्यामिक तथा पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी शान्ति दौडको माध्यमबाट भएको योगदानको उच्च कदर गर्दै हुुलाक सेवा विभागले प्रकाशन गरेको २० रुपैयाँ दरका ‘लुम्बिनी शान्ति दौड’अंकित हुलाक टिकट र राष्ट्रिय जनगणनाको उच्च सम्मान गर्दै प्रकाशन गरिएको ‘राष्ट्रिय जनगणना २०७८’ को लोगो अंकित १० रुपैयाँ दरको हुलाक टिकटमा टाँचा लगाएका थिए ।

समारोहमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल ‘राष्ट्र बैंकद्धारा निष्कासित रुपैयाँ १ को प्रथम कागजी नोटको तस्वीर’अंकित हुलाक टिकट र ‘एभरेष्ट स्काई ड्राईभ’अंकित हुुलाक टिकटमा टाँचा लगाए ।

एभरेष्ट स्काई ड्राईभ संसारकै सबैभन्दा उच्च स्थानमा अवतरण गर्ने साहसीक खेलबारे अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउने गरि त्यसको पनि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले जानकारी दिइन् ।

यस अघि बिहीबार नै काठमाडौंमा एक कार्यक्रमका बीच विभागका महानिर्देशक कर्णले स्थानीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन हुने गरि प्रकाशन गरिएको ११ वटा हुुलाक टिकटहरुको टाँचा लगाएकी थिइन् ।

तपाईको प्रतिक्रिया