काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । प्रधान्मन्त्रीको सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उल्लेख छ ।

हेर्नुहोस् शुभकामना सन्देशको पूर्ण पाठः

आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ । बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रुपमा मनाउँछौं ।

भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सामना गर्नु प¥यो । यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पु¥यायो ।संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशरुले समेत यस महामारीका कारण हाम्रो भन्दा कयौं गुणा बढी क्षति बेहोर्नु प¥यो । हामीले कमजोर र अझ शून्य अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसै बीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रुपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरुलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरुलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु ।

भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्न मध्यम अर्थतन्त्रको मुलुकका रुपमा स्थापित गर्न सफल भएका छौं । संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरुप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गर्ने सफलतातर्फ हामी उन्मूख छौं। वितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं । यातायात पूर्वाधार, पुल, रंगशाला, पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं । हामीले यही अवधीमाविकासका केही दूरगामी योजनाहरु थालनी ग¥यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न ग¥यौं ।पाँच वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माणलाई एकाध बाहेक निश्कर्षमा पु¥याउने सफलता प्राप्त गरेका छौं । ब्यावसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं । फलस्वरुप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रबृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको छ ।

हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौं । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ । तर, अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक ब्यवधानहरुको सामना गर्नु प¥यो । यसका बावजूद मुलुक निर्माणको प्रथमिकताबाट बिमूख ब्यक्तिहरुका निजी आकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं । आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र ब्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौं ।

हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाईमा उठ्नेछ । राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ । आगामी वर्ष र दिनहरुमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी ब्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं । भौगोलिक अखण्डता र राष्ट्रिय हितहरुको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं । राष्ट्रिय समृद्धिका यी पाइलाहरुलाई उचाईमा पु¥याउने सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइहरुको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

अन्त्यमा, नयाँ वर्ष सन् २०२१को अवसरमा स्वदेशर विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यका लागि पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

१७पुस, २०७७ केपी शर्मा ओली
(१ जनवरी, २०२१)

तपाईको प्रतिक्रिया