काठमाडौ । दीपा राई पुनको कविता संग्रह ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु’ वैशाख ३१ गते २०७९ सालमा थापागाउँ स्थित मण्डला थिएटरमा सार्वजनीक भएको छ ।

कवि तुलसी दिवस, कवि स्वयंकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गर्नुभएको थियो ।

“दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु ” पछिल्लो समयमा आम नागरिकले भोगेको अनुभव र जीवनको जीवन्त उदाहरण हो जसलाई आम पाठकहरुले कविता पढिरहँदा कहि न कहिँ आफुलाई भेटनेछन । सम्भवत यो काव्य संग्रह नेपाली वाङ्मयमा रुचिपूर्वक पढिनेछ ।” नेपाली वाङ्मयलाई गम्भीर रुपले अध्ययन गर्नुभएकी समालोचक लीला लुईँटेलले आफ्नो मन्तव्य राख्ने क्रममा भन्नुभयो ।

कवि दीपा राई पुनले आफ्ना ६ वटा कविता वाचन गर्नु भएको थियो । कवि रामगोपाल आशुतोषले कार्यक्रम सञ्चालन गर्नुुभएको थियो ।

तपाईको प्रतिक्रिया