दुई घण्टासम्म चलेको आजको नेकपा सचिवालय बैठक मंसिर १६ गते दिउँसो १ बजे पार्टी कार्यालयमा पुन: बस्ने गरी सकिएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि पेश गर्नुभएको प्रस्तावको प्रतिउत्तर पत्र पेश गर्नुभएको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब दुबै अध्यक्षको प्रतिबेदनलाई अध्ययन गरेर आगामी बैठकमा पेश गरिनेछ । आजको बैठकमा दुबै अध्यक्षले संक्षिप्त मन्तव्य राख्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया