बिराटनगर । मोरगं जिल्लाको बिराटनगरमा श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल संचालनमा आएको छ । सोमबार शुभारम्भ कार्यक्रमको आयोजना गरी संचालनमा आएको हो ।
बिराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा संचलनमा आएको सो ड्राइभिंग स्कुल झन्डै १ करोड ४० लाखको लागतमा संचालनमा आएको हो । १ बिगहा १४ कठ्ठा क्षेत्रफल रहेको सो ड्राइभिंग स्कुल नेपालकै सबै भन्दा ठुलो भएको संचालक शिव श्रेष्ठले बताए ।
संचालनमा आएको ड्राइभिंग स्कुलबाट सेवाग्राहीले मोटसाईकल, लाईट गाडी, टयाक्टर, हेभ्भी गाडी सम्बन्धी सम्पुर्ण सेवा एउटै ठाउँबाट लिन सकिने श्रेष्ठले बताए । त्यसैगरी सेवाग्राहीले दैनिक घन्टाको हिसाबले, महिना र पुर्ण कोर्स गरी तिन प्रकार सेवा लिन सकिन्छ ।
उदघाटन कार्यक्रममा प्रमुख अथिती बिराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती कोईरालाले भने- बिराटनगरमा यो ड्राइभिंग स्कुल संचालनमा आउनु हामी सबैको लागि गौरवको कुरा हो । अब बिराटनगर सहित मोरंग र प्रदेश १ भरीका ड्राइभिंग सिक्न ईक्छुक व्यक्तिले एउटै ठाउँमा ड्राइभिंग स्कुलबाट सेवा लिन सकिन्छ । धेरै ठाउँमा कुदनु पर्दैन । यि र यस्ता कुरा संचालन गर्नेलाई बिराटनगर महानगरपालिका सधैं साथ रहने र हामीले संचालकहरुलाई प्रोत्साहन गर्नु पर्ने मेयर कोईरालाले बताए ।
सुनसरीको ईटहरी र मोरंगको सुन्दर हरैंचामा सफलतापुर्वक संचालनमा रहेको यस ड्राइभिंग स्कुलको यो तेस्रो शाखा हो ।
ड्राइभिंग स्कुलमा मोटरसाईकलको रु १० हजार, लाईट गाडीको रु १५ हजार र हेभ्भी गाडीको रु ३५ हजार मासिक फि राखिएको छ । त्यस्तै सवारी चालक ईजाजत पत्र नपाए सम्म सिक्न चाहने सेवाग्राहीको लागि मोटरसाईकलको लागि रु १८ हजार, लाईट गाडीको लागि रु ३५ हजार र हेभ्भी गाडीको लागि रु ४० हजार रहेको छ । सुरुमा आउने सेवा ग्राहीलाई १५ प्रतिशत सम्म छुट दिईने संचालकले बताए ।
ड्राइभिंग स्कुलमा दिन भरीमा २०० जनालाई मोटरसाईकल, १०० जनालाई लाईट गाडी र ५० जनालई हेवी गाडी सिकाउन सक्ने छमता रहेको छ ।
उदघाटन कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, ड्राइभिंग स्कुल संघका पदाधीकारी, जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरंगका प्रमुख राजकुमार कार्की, बिराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जितेन्द्र थापा, समाजसेवी गणेश कुमार साह, स्थानिय प्रशिक्षार्थी , पत्रकार लगायत दजनौं व्यक्तिहरुका उपस्थिति रहेको थियो ।





